गैरआवासीय नेपाली संघ भिक्टोरिया राज्य समितिको आयोजनामा शनिबार नेपाल फेष्टिभल आयोजना हुँदैछ ।
नेपाल फेष्टिभलका सबै आकर्षणहरू मध्ये सांस्कृतिक परेड पनि एक प्रमुख आकर्षणको रुपमा लिने गरिन्छ।
सांस्कृतिक परेड शनिबार बिहान १०ः३० बजे पार्लियामेन्ट हाउसको पुरानो ट्रेजरी भवनबाट सुरु हुँदैछ।
परेडमा सहभागी जनाउन शनिबार बिहान १०ः०० बजे पुरानो ट्रेजरी भवनमा भेला हुनु पर्नेछ।
पुरानो ट्रेजरी भवनको ठेगाना यो रहेको छ।20 Spring St, East Melbourne VIC 3002
परेड ठिक १०ः३० मा ट्रेजरी भवन रहेको Spring St बाट दायाँ तिर Collins St तर्फ अगाडी बढ्नेछ।
Collins St बाट बाँया मोडीएर Swanston St हुँदै कार्यक्रम स्थल फेडरेशन स्क्वायरमा गरेर समाप्त हुनेछ।
परेडको संयोजन तारा गैरेले गर्नु भएको छ।
मेलबर्नको सडकमा हाम्रो राष्ट्रिय झण्डा प्रदर्शन गर्दै आफ्नो भाषा,रहनसहन, भेषभुषा परम्परा, कला र सँस्कृती बहुसाँस्कृतीक समुदायलाई प्रदर्शन गर्ने सुनौलो अवसरको रुपमा परेडलाई हेर्ने गरिएको छ।
मेलर्बनको मुटु फेडरेसन स्क्वायरमा हुन लागेको नेपाल फेस्टिभलको सबै आयोजना पूरा भइसकेको एनआरएन भिक्टोरिया संयोजक हरि खड्काले जानकारी दिनु भएको छ।अस्ट्रेलियामा नेपाललाई चिनाउने उत्सवका रूपमा मनाइने नेपाल फेस्टिभलमा सबै नेपालीलाई सहभागी हुन समेत उहाँले आग्रह गर्नु भएको छ।
महोत्सवको प्रमुख अतिथि अस्ट्रेलियाका लागी नेपाली राजदूत कैलाश राज पोखरेल छन्। भिक्टोरियाका महावाणिज्यदूत चन्द्र योन्जन, लगायत अन्य राज्यका अवैतनिक महावाणिज्यदूतको पनि सहभागिता हुनेछ। त्यसबाहेक पाकिस्तान, बंगलादेश, भारत लगायत दक्षिण एसियाली मुलुकहरूको महावाणज्यिदुतावासको सहभागी हुने एनआरएन संयोजक हरि खड्काले जानकारी गराउनु भएको छ।
फेस्टिभलमा भिक्टोरिया राज्यका शिक्षा तथा महिला मन्त्री नाताली हचिन्स्, ऊर्जा तथा वातावरण मन्त्री लिलि डी एम्रेसियो लगायत २० जना सांसद र ६ जना मेयर सहभागी हुनेछन्।

