eNepal

अस्ट्रेलीयाको मेल्बर्नमा खुल्यो पहिलो नेपाली बार, नाम राखे “रक्सी” किचन एण्ड बार

अस्ट्रेलीयाको मेल्बर्न शहरमा पहिलो नेपाली बार खुलेको छ। रक्सी किचन एण्ड बार नाम दिएर खोलीएको यो बार मेल्बोर्नको मुटुमा रहेको फ्लिन्डर्स लेनको छेउमा रहेको छ।

होटल म्यानेजमेन्टमा आफुलाई अब्बल कलेजका रूपमा स्थापित काठमाण्डौमा रहेको चर्चीत होटल म्यानेजमेन्ट कलेज इन्टरनेसनल स्कुल अफ टुरिजम् एन्ड होटल म्यानेजमेन्ट (आइएसटी)का पूर्व बिधार्थीहरु हेमन्त पोखरेल , सन्जीव श्रेष्ठ र विरेन्द्र प्रसाद उपाध्यायको समुहले सन्चालनमा ल्याएका रक्सी बारनै अस्ट्रेलीयामा नेपालीहरुले सन्चालनमा ल्याएको पहिलो बार भएको दावी गरेका छन्।

सन्चालक मध्यका एक सन्जीव श्रेष्ठका अनुसार नेपाली रेस्टुरेन्ट, पव, क्याफे त धेरै नेपालीहरुको सन्चालनमा आएका छन् अस्ट्रेलीयामा तर नेपालीद्वारा सन्चालनमा आएको नेपाली बार भने खासै सुन्नमा आएको छैन र सम्भवत: योनै पहिलो नेपाली बारको रुपमा चिनाउने हाम्रो प्रयास रहनेछ।

सो बार आगामी सेप्टेम्बर २ बाट ग्राहकहरुको लागि खुल्ला गरिएको छ।

नेपालीहरुको चिरपरिचीत र बोलीचालीको भाषामा मुखमा झुण्डीने पेय पदार्थ रक्सीको नाम दिएर सन्चालनमा ल्याएको बारले नेपालीहरुलाई मात्र नभएर बहुसाँस्कृतीक समुदाएलाई लक्ष्क्षीत गरेर बिभीन्न खानाका परिकारका साथै पेय पदार्थहरु आफ्नो मेनुमा राखेको छ।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal