eNepal

चितवन समाज भिक्टोरीयाले अभिभावक भ्रमण कार्यक्रम गर्दै

अष्ट्रेलियाको भिक्टोरिया राज्यमा रहनुभएका नेपाली अभिभावकहरुको सम्मानमा चितवन समाज भिक्टोरीयाले अभिभावक भ्रमण कार्यक्रम आयोजना गर्ने भएको छ ।

यही सेप्टेम्बर ३ तारिख शनिवारका दिन हुने अभिभावक भ्रमण कार्यक्रमका मुख्य आकर्षणहरुमा मन्दिर तथा गुम्बा दर्शन, भजन किर्तन र नाँचगान, पिक्नीक, फोटोग्राफीका साथै अन्य रमाईला गतिविधीहरु रहेका छन्।

अभिभावकहरु सदैव जहाँ पनि सम्मानीय हुने तथ्यलाई मध्यनजर राखी कार्यक्रमको आयोजना गरिएको समाजका कार्यकारी सदस्य सुमन अधिकारीले बताउनु भयो। यो विदेशको भूमीमा हाम्रा आधारहरु, हाम्रा प्रेरणा र स्नेहका स्रोतहरु हाम्रा बुवा आमाहरुलाई एकदिनकै लागि भए पनि एउटै छानामूनी एउटा मिलनविन्दुमा गोलवन्द गर्ने हेतुले यो कार्यक्रम आयोजना गर्न लागिएको हो।प्रवासमा केही समयको लागि भ्रमणमा आउँदै गर्दा आफ्ना अनुभव साटा गर्ने, आफ्ना कथा सुनाउने र सुन्ने एउटा सुन्दर अवसर प्रदान गरौँ भन्ने उदेश्यले भ्रमण कार्यक्रम आयोजना गरिएको जानकारी गराउनु भयो।

पहिलो चरणमा आवहान गरिएको सबै टिकट बिक्री भइ सकेको बताउँदै दोश्रो चरणको लागि बसको चाँजोपाँजो मिलाउँदै छौ। अभिभावकहरुको अत्याधिक रुची बढेकोले मिल्यो भने अर्को बसको पनि तयारी गरिदै गरेको पनि बताउनु भयो।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal