eNepal

नेपाल फेस्टीभललाई भव्य बनाउन समुदाएको साथ र सहयोग प्रशंसनीय छ- नारायण कटुवाल

नेपाली भाषा, कला, संस्कृती, पर्यटन र नेपालीपनलाई अस्ट्रेलियाका बिभिन्न समुदायवीच प्रबर्द्धन गर्ने उदेश्यले हरेक दुई बर्षमा आयोजा गरिदै आएको नेपाल फेस्टीभल मेल्बोर्नको लगभग ९० प्रतिशत काम सकिएको छ। अस्ट्रेलिया र नेपालवीचको सांस्कृतिक सम्बन्धलाई जोड्ने र पर्यटन प्रबर्द्धन गर्न आयोजना गरिने यो महोत्सवलाई नेपाल चिनाउने प्रतिबिम्बको रुपमा हेरिने गरिन्छ।

सेप्टेम्बर १० तारिखमा फेडरेशन स्क्वायरमा हुने नेपाल फेस्टीभलको तयारी अन्तीम चरणमा रहेको एनआरएनए  भिक्टोरिया उप संयोजक  नारायण कट्टुवालले बताउनु भयो।

उहाँ संचालन समितिमा रहेर फाईनान्स टीमसँगको सहकार्यमा काम गर्दै हुनुहुन्छ।यसपालीको नेपाल फेस्टीवलका प्रायः सबै जसो प्रायोजकले आफनो तर्फबाट सकेको योगदान गरी सक्नु भएको छ र बाँकी भएकाहरुले पनी यथासिघ्र भुक्तानी गर्ने बचा गर्नु भएको जानकारी गराउनु भयो।

महत्सवलाई सफल बनाउन समुदाएका सबै सँघ र संस्थाबाट प्रशंसनीय साथ र सहयोग मिलेको जानकारी गराउँदै यस महत्सवलाई भव्य र सभ्य बनाउन सबैलाई एक जुट भएर अघी आउन अनुरोध गर्नु भएको छ।

कार्यक्रमलाई सफल बनाउन बिभीन्न उपसमितीमा रहेर अहोरात्र काम गर्न हुने सबै स्वम्सेवकहरुलाई बिषेश धन्यबाद दिदै यहि जोश र उल्लास कार्यक्रम नसकिए सम्म रहिरहोस् भन्दै आग्रह गर्नु भएको छ।

उहाँले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विविधताको पूर्ण पहुँच भएको देश हो। यो धेरै संस्कृति, भाषा, परम्परा र धर्मले सुसज्जित देश हो। कार्यक्रमलाई समस्टीगत रुपमा अष्ट्रेलियामा रहेका नेपाली डायस्पोराको विविधतालाई झल्काउने प्रयास गरिएको बताउनु भयो। 

नेपाली पहिचानलाई विश्वमाझ पुर्याउनु, नेपालको पर्यटनमा सहयोग गर्नु, नेपाली एकता तथा सद्भावको संदेशलाई विश्वमाझ पुर्याउनु, नेपाली भाषा, कला, संस्कृति, परम्परा, खाना लगायत नेपाली मौलिकताको प्रबर्द्धन गर्नु र नयाँ पुस्तालाई नेपालको माटोसंग जोडिराख्न मेल्बर्नको मुटु फेडरेयन स्कायरमा नेपाल फेस्टीवल आयोजना हुँदै आएको छ।

नेपाल फेस्टिवल सम्पन्न गर्न नेपाली अवैतनिक महावाणिज्य दुतका कार्यालयहरु, क्यानबेरा स्थित नेपाली दूतावास, बहुसांस्कृतिक समुदाय तथा बहुसास्कृतिक विभाग लगाएत नेपाली संघसंस्थाहरुले सहकार्य गरेका छन् ।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal