‘संस्कृति संरक्षण गरौँ, आशा बढाऔँ’ भन्ने नाराका साथ दिदीबहिनी समाज सेपार्टन शाखाले यस बर्षको तीज कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ।
सेपार्टन मेसोनीक सेन्टर 161 Welsford St, Shepparton Vic 3630 मा हिजो भएको तीज कार्यक्रममा सेपार्टन आसपास बसोबास गर्ने नेपालीहरु लगाएत अन्य बहुसाँस्कृतीक समुदाएको उपस्थिती रहेको थियो।

नेपालको पूर्व मेची देखी पश्चिम महाकली र हिमाल देखी तराईमा छरिएर बसेका नेपाली दिदीबहिनी तथा दाजुभाईलाई एकैठाउँमा जुटाउँदै दिदीबहिनी समाज सेपार्टन शाखाले हर्षोल्लासमयका साथ तीज पर्व मनाएको थियो।

सेपार्टन र सेपार्टन वरीपरी बसेर आफ्नो भविस्य बनाउँदै गरी रहेका नेपालीहरुले आयोजना गरेको तीज कार्य्रमको संयोजक दिदीबहिनी समाज सेपार्टन शाखाकी संयोजक एवम् कम्युनिटी एड्भोकेट मीना मल्लले गर्नु भएको थियो।

सेपार्टनमा बस्दै आएका बसन्त अधिकारी र मीना मल्लले सन्चालन गर्नु भएको कार्यक्रममा जुनु श्रेष्ठको तीज नृत्यले कार्यक्रमलाई अझ रोचक र मनोरन्जनात्मक बनाएको थियो।

कार्यक्रममा बहुसाँस्कृतीक समुदाएको प्रतिनिधीत्व गर्दै किम शुले महिला शसक्तीकरणको बारे आफ्नो भनाईहरु राखेकी थिईन भने एमा मारटीनले घरेलु हिंसा सम्बन्धी जानकारी गराउँदै आफ्नी अनुभवहरु साटेकी थिईन्।

कार्यक्रममा कार्यबाहक मेयर सि.आर एनिथोनी ब्रोफी, सि.आर सीमा अब्दुल्लाह, पुलीस अफीसर लिग जोन्सोनको उपस्थिती रहेको थियो भने सबैले तीज गीतमा भर्पूर मनोरन्जन लिएका थिए।

बहुसाँस्कृतीक व्यक्तिहरुको सहभागीता सहित आफ्नो कला र सँस्कृतीको जगेर्ना गर्दै बहुसाँस्कृतीक समुदाएमा नेपाली चाडबाढ मनाउँदै प्रवासमा जन्मिएर हुर्किदै गरेको दोश्रो पुस्तालाई संस्कृतिको बारेमा जानकारी दिनका साथै दिदीबहिनीहरुलाई एक–आपसमा एकताबद्ध गराउन र महिला सशक्तीकरणमा यस्ता कार्यक्रमले ठूलो भूमिका खेल्ने मल्लको भनाई छ।

दिदी बहिनी समाज शेपार्टन एकाइले हरेक बर्ष बिभीन्न सामाजीक एवम् साँस्कृतीक कार्यक्रमहरुको आयोजना गर्दै सामुदायिक मानसिक स्वास्थ्य र कल्याणको अभिवृद्धिका साथै सामुदायिक ऐक्यबद्धतालाई समृद्ध बनाउँदै समुदाय सशक्तिकरणको प्रगतिका विवीध गतिबिधी गर्दै आएको छ।


