eNepal

नेप्लिज नेबरहुड कम्युनिटीले आगामी २७ अगस्टमा तीज बिशेष कार्यक्रम आयोजना गर्दै

नेपाली नारीहरूको महान चाड हरीतालिका तिजको अबसर पारेर नेप्लिज नेबरहुड कम्युनिटीले आगामी २७ अगस्ट अपरान्ह पाँच बजे देखी १० बजे सम्म तीज बिशेष कार्यक्रम आयोजना गर्ने भएको।

प्रबासमा रहेका दिदिबहिनीहरुलाई माईतिको न्यास्रो नहोस र प्रबासमा भए पनि आफ्नो संस्कृति,रीति रिवाज र परम्परालाई जगेर्ना गर्नलाई तीज बिशेष कार्यक्रम आयोजना गर्न लागिएको सँस्थाकी अध्यक्ष अमृता गुरुङले बताउनु भयो।

बरिष्ठ लोक कलाकार रमेश बिजीको साथमा कलाकार द्वय दिनेश थापा र उमा गिरीको बिशेष प्रस्तुती रहने तीज धमाकामा अन्य थुप्रै मनोरन्जनात्मक कार्यक्रमहरु पनि रहेको अध्यक्ष गुरुङले जानकारी गराउनु भयो।

कार्यक्रममा नेप्लिज नेबरहुड कम्युनिटी बालचौतारीका भाईबहिनीहरुले सहभागीता जनाउदै छन् भने कार्यक्रमलाई अस्ट्रेलीयामा हुर्किदै गरेका दोश्रो पुस्ताका भाईबहिनीहरु सन्चालन गर्दै छन्।

प्रबेश शुल्क नगद बिस डलर राखिएको कार्यक्रममा दर भने समावेश गरिएको छ। त्यस्तै घुम्न आउनु भएका आमा बुवा र १२ बर्ष मुनीका भाईबहिनीहरुलाई पनि प्रवेश निशुल्क गरिएको छ।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal