eNepal

दिदीबहिनी समाज सेपार्टन शाखाले तीज कार्यक्रम आयोजना गर्दै

‘संस्कृति संरक्षण गरौँ, आशा बढाऔँ’ भन्ने नाराका साथ दिदीबहिनी समाज सेपार्टन शाखाले यस बर्षको तीज कार्यक्रम भव्यताका साथ आयोजना गर्ने भएको छ।

आगामी २८ अगस्ट साँझ ५ बजेबाट ९ बजेसम्म सेपार्टन मेसोनीक सेन्टर 161 Welsford St, Shepparton Vic 3630 मा हुँदैछ।

कार्यक्रमलाई एथनिक काउन्सिल अफ शेपार्टन र डिस्ट्रिक्ट इन्कले पूर्ण रूपमा प्रायोजन गरेको छ भने नेपालीहरुको छाता संस्था एनआरएनए गैरआवासीय नेपाली संघबाट समेत सहयोग प्राप्त भएको छ ।

कार्यक्रम आयोजक मीना मल्लले बहुसांस्कृतिक र स्थानीय समुदायबाट धेरै राम्रो प्रशंसा र प्रतिक्रिया पाइरहेका जानकारी गराउनु भएको छ। दोस्रो पुस्तालाई संस्कृतिको बारेमा जानकारी दिनका साथै दिदीबहिनीहरुलाई एक–आपसमा एकताबद्ध गराउन र महिला सशक्तीकरणमा यस्ता कार्यक्रमले ठूलो भूमिका खेल्ने मल्लको भनाई छ। यस कार्यक्रम मार्फत दिदी-बहिनी समाज भिक्टोरियाले बहुसांस्कृतिक समुदायहरूमा नेटवर्क विस्तार गर्नेछ।

यस कार्यक्रमबाट उठेको सहयोग रकम नेपालमा घरेलु हिंसाबाट बाँचेकाहरूलाई आशा पुन: जगाउन र पुन: एकीकरण गर्न मद्दत गर्नेछ ।

यस्ता खालका कार्यक्रमहरुले परिवार र समुदायहरू बीच प्रेम, शान्ति र आनन्द फैलाउन र सीमाना बाहिर हाम्रो सामन्जस्यपूर्ण नेटवर्क विस्तार गर्न उत्प्रेरकको भूमिका खेल्नेछ।

दिदी बहिनी समाज शेपार्टन एकाइले हरेक बर्ष बिभीन्न सामाजीक एवम् साँस्कृतीक कार्यक्रमहरुको आयोजना गर्दै सामुदायिक मानसिक स्वास्थ्य र कल्याणको अभिवृद्धिका साथै सामुदायिक ऐक्यबद्धतालाई समृद्ध बनाउँदै समुदाय सशक्तिकरणको प्रगतिका विवीध गतिबिधी गर्दै आएको छ।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal