eNepal

मेल्बर्नमा पहिलो पटक बिधिपूर्बक जनैपूर्णिमा कार्यक्रम सम्पन्न

कल्चर, आर्टस एन्ड ल्याङ्वेज अकाडेमीको आयोजनामा मेलबर्नमा पहिलो पटक बिधिपूर्बक गरिनुपर्ने संपूर्ण बिधि पुरा गरी जनैपूर्णिमा कार्यक्रम आयोजना गरिएको छ । एक घण्टाभन्दा बढी जति समय लगाएर आबस्यक मन्त्रोच्चारण सहित गरिएको बिधिपूर्बकको पूजा आजापछि पुरोहितद्धारा कार्यक्रममा उपस्थित सबैलाई जनैपूर्णिमाको डोरो बाँधिएको थियो । डोरो बाँधिएपछि सबैलाई पन्चामृत, प्रसाद, क्वाँती र चियापानको ब्यबस्था गरिएको थियो ।   

सयजनाभन्दा बढीको उपस्थिति रहेको उक्त कार्यक्रममा लुम्बिनी-कपिलवस्तु विस्व अभियानका विस्व संयोजक रामकुमार श्रेष्ठ, गैरआवासीय नेपाली संघका उपमहासचिब नारायण काफ्ले, गैरआवासीय नेपाली संघ भिक्टोरियाका संयोजक हरी खड्का, दिदी-बहिनी समाज भिक्टोरियाका अध्यक्ष जमुना पराजुली, अस्ट्रेलियन नेपालीज मल्टिकल्चरल कमिटिका कोषाध्यक्ष बद्री पन्त, साहित्य संगीत जमघटका अनुपम पाठक, चितवन समाज भिक्टोरियाका बिपुल ज्ञवाली, एक्सपर्ट सगरमाथा क्लबका सुदिप न्यौपाने, मेल्टन नेपलिज कम्युनिटिका रोशनी श्रेष्ठ आदिको उपस्थिति थियो । 

आयोजित कार्यक्रमलाई ब्यबस्थित गर्न काठमान्डौ प्रपर्टिज, एभरेस्ट प्रपर्टी एन्ड फाइनान्स, एभरेस्ट ड्राइभिङ स्कूल, हिमालयन ग्रोसरिज एन्ड क्याटरिङ्ग सर्भिसेज, अब्रोड एजुकेशन कन्सल्टेन्सी सर्भिसेज, सर्मिला कलेक्सन एन्ड ब्युटी सालोन, काठमान्डौं पाराडाइजले योगदान गरेका थिए ।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal