eNepal

मेल्बर्नको हाम्रो कम्युनिटी बिधीवत् रुपमा सँस्थागत, प्रकाश अर्याल अध्यक्षमा चयन

सन् २०१८ मा एक पारिवारिक समूहको रुपबाट सुरु भएको हाम्रो कम्युनिटी नामक सँस्था बिधीवत रुपमा सँस्थागत भएको छ।बिगतका बर्षहरुमा सँस्थाले बिभीन्न कार्यक्रम हरुको आयोजना गर्दै धेरै भन्दा धेरै परिवारहरु जोड्दै गएपछि अहिले आएर संस्थागत रुपबाट अगि बढाउने निर्णय गरेको अध्यक्ष प्रकाश अर्यालले जानकारी गराउनु भएको छ।

सधैभरि अरुको लागि मात्र हैन केहि समय आफ्नो लागि पनि छुट्याउनु पर्छ भन्ने मुख्य उद्देश्य राखेर अगाडि बढिरहेको यस संस्थाले बिभिन्न उमेर समूहका मैत्रिपुर्ण खेल,  सामूहिक रुपबाट नेपाली चाड पर्व मनाउने कार्यक्रमहरु गर्दै आईरहेको ।

गएको ६ अगस्टमा सँस्थाको वार्षीक साधारण सभा सम्पन्न भएको थियो। सभाले अध्यक्षमा प्रकाश अर्याल, उपाध्यक्षमा श्रृस्टी घिमीरे, सचीवमा शंकर अर्याल, उपसचीवमा माधव खरेल, कोषाध्यक्षमा प्रकाश सापकोटा, जनसम्पर्क संयोजकमा रमेश अर्याल चयन भएका छन्। त्यस्तै मिडीया संयोजकमा लक्ष्मण अर्याल, खेलकुद संयोजकमा ओम पौडेल, युवा संयोजक रामहरी सापकोटा, ईभेन्ट्स संयोजकमा सुवास घिमीरे, रमेश सापकोटा, सरीता पैयनी र लक्ष्मी अर्याल चुनीएका छन्।सभाले कृष्ण कार्की, लक्ष्मण सापकोटा र बाबुराम गिरीलाई सल्लाहाकारमा चयन गरेको छ।

 

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal