eNepal

न्याभको नयाँ कार्यसमितीले पायो पूर्णता

नेप्लिज एसोसिएसन अफ भिक्टोरिया (न्याभ) को आगामी दुई वर्ष अर्थात २०२२-२०२४ को नयाँ कार्यसमितिले पूर्णता पाएको छ।

नयाँ कार्यसमितिमा अध्यक्ष पदमा प्रेमराज उप्रेती, उपाध्यक्षमा महिला तर्फ ललीसा थापा र पुरुष खुला तर्फ कृष्ण प्रसाद चालिसे, कोषाध्यक्षमा यकिन्द्र प्रसाद तिमील्सिना, कार्यकारी समिती सदस्यहरुमा उज्जवल अधिकारी र निराजन रेग्मी चयन गरिसकेको थियो। 

नवगठित कार्यसमितिको पहिलो बैठकबाट कार्यसमितिलाई पूर्णता दिदै सचिवमा अष्ट्रेलियाका कानून व्यवसायी माधव खरेल मनोनित भएका छन् भने आलोक पौडेल, दीपक चन्द, लक्ष्मण सन्जयाल र प्रिती सापकोटालाई पनि कार्यकारी सदस्यको रुपमा मनोनित गरिएको छ ।

सन् १९९७ मा स्थापना भएको न्याभले निर्वाचन मार्फत हरेक दुई वर्षमा नयाँ कार्यसमिति चयन गर्ने गर्दछ।यस अघि सन् १९९७-२००१ मा डा. राजु अधिकारी, सन् २००१-२००३ मा स्वर्गीय बेनु अधिकारी २००३-२००७ मा रन्जन बैध, २००७-२००९ मा डा. दिपकराज पन्त, सन् २००९-२०१४ मा बम योन्जन, सन् २०१५-२०१६ मा सुधीर शाक्य, सन् २०१६-२०१८ मा डा. अनुपम पोखरेल, सन् २०१८-२०२० मा तारा गैरे र सन् २०२०-२०२२ मा राम गुरु्ङ अध्यक्ष रहनु भएको थियो।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal