eNepal

नेपाल फेस्टिबल मेल्वर्नको टास्कफोर्समा सबै अनुभवी व्यक्तिहरु हुनुहुन्छः सचिव गणेश कँडेल

गणेश कडेँल एनआरएनए भिक्टोरीयाको सचिवको रुपमा आवद्ध छन् करिब १० वर्ष देखी अस्ट्रेलियाको मेल्बर्नमा बसिरहेका  कँडेल पेशाले नर्श हुन् भने समाजसेवा उनको रुचिको विषय हो सात समुन्द्र पारी रहेर पनि नेपाली समाजको सेवा गरिरहन पाउँनुगौरभको कुरा रहेको बताउने कँडेल यसपटक नेपाल फेस्टिबलको तयारीमा व्यस्त देखिन्छन् प्रस्तुत उनै सचिव गणेश कँडेलसंगसंक्षिप्तमा गरेको कुराकानीः

एनआरएनए भिक्टोरीयासँग कहिलेबाट आबद्ध हुनु भयो एनआरएनएबाट नेपाली समाजलाई सेवा गर्दा कस्तो अनुभव भइरहेको ?

एनआरएनए भिक्टोरियामा अस्ट्रेलिया आएदेखिनै कुनै कुनै रुपमा संलग्न छु। २०१७१९ को कार्यकाल देखी कार्यसमितिकैविभिन्न पदमा रहेर काम गर्दै आएको छु

जस्तै?

२०१७१९ को कार्यकाल देखी कार्यसमितिमा यूथ मेम्बर, २०१९२१ मा स्टेट मेम्बरको रुपमा काम गरे।

नेपाल फेस्टिबलमा सचिवको हिसावले एकदमै सक्रिय रुपमा काम गरिरहनुभएको कस्तो हुदैँछ नेपाल फेस्टिबलको तयारी?

नेपाल फेस्टिवल मेल्बर्नको तयारी तदारुकताका साथ भई रहेको छ। बिभिन्न टास्कफोर्सले आफ्नो समूहमा काम गरिरहेका छन्

कस्ताकस्ता टास्कफोर्सहरु छन?

कल्चलर, स्पोन्र्सर, मिडिया,गेष्ट म्यानेजमेन्ट, भोलियन्टियर, डिजाइ एण्ड क्रियटिभ , प्रमोसन इत्यादि

नेपाल फेस्टिबल अरु बेलाको भन्दा यसपाली किन भिन्न विशेष हुनेछ जस्तो लाग्छ ?

लामो लकडाउन कोरोनाको महामारीले गर्दा समुदायमा त्यति वृहत कार्यक्रमहरु भइरहेको थिएन मानिसहरु नेपाल फेस्टिबलको प्रतिक्षामा रहेको अनुभवहरु पनि मैले व्यक्तिगतरुपमा सुनेको छु त्यही कारणले पनि यस पटकको नेपाल फेस्टिबल अलि विशेष भइहाल्ने अनि त्यही माथि यसपाली नयाँ ब्याण्ड, नयाँ नृत्य, प्रस्तुतीहरु भएकोले मानिसहरुले अलि भिन्न महसुस गर्न सक्दछन्

फेस्टिवलमा को को अतिथिहरुलाई निमन्त्रणा दिइएको ?

धेरै वरिष्ठ अथितिहरूलाई निम्ता भै सक्यो तर केही प्रक्रियामा छ। हामी यो हप्ताभित्र सबैतिर निम्ता पठाई सक्ने तयरीमा छौं।नेपालका केही विशिष्ठ पाहुनाहरु उने हामीले अपेक्षा गरेका छौँ त्यसैगरी भिक्टोरीयाको प्रिमियर, मंन्त्री, सासंद देखि मेयरहरु अन्य श्रेत्रका उच्च तहमा रहेका व्यक्ति संस्थाको प्रतिनिधिहरुलाई पनि बोलाएका छौ नेपाली राजदूत देखि नेपाली महावाणिज्यदूत सबैलाई निमन्त्रणा दिइसकेका छौ इन्टरस्टेटका एनआरएनए देखि अन्य विशेष व्यक्तिहरुलाई पनि निमन्त्रणादिएका छौ

नेपाल फेस्टिबल प्रति समुदायको कस्तो धारणा रहेको पाउनुहुन्छ?

एकदमै सकारात्मक, सबैजना काम गर्न सक्रिय इच्छुक देखिनुहुन्छ

फेस्टिबललाई गुणस्तरीय बनाउन फेस्टिबल कमिटिले केके कुरामा ध्यान दिनुपर्छ तपाइँहरुले दिइरहनुभएको ?

नेपाल फेस्टिवल हामी सबै नेपालीको लागि एक विशेष दिन हो सबैको साथले मात्र यो कार्यक्रम सम्पन्न गर्न सकिंछ हामीसबैजना स्वयंमसेवक भएर नै दिनरात खटिरहेका छौ हरेक टास्कफोर्समा काम गर्दा पनि हामीले डेडलाइन राखेर काम गरिरहेकाछौ टास्कफोर्समा सबैजना अनुभवी व्यक्तिहरु हुनुहन्छ सबैजना एकजुट भएर काम गरिरहेको अनुभव मैले गरिरहेको छु त्यसैलेपनि कार्यक्रम गुणस्तरीय हुन्छ अनि यही एकतालाई नै कायम राख्दा राम्रो हुने मेरो बुझाई

अन्त्यमा केही भन्न चाहनुहुन्छ?

तपाईहरु सबैलाई नेपाल फेस्टिवल मेल्बर्न २०२२ को चुले निम्तो दिन चाहन्छु आज बाटै सेप्टेम्बर १० को लागी कामबाट समयमिलाउनुहोस्। फेडरेशन स्क्वायरमा विहानदेखि बेलुकीसम्म सबैलाई त्यही भेट्ने आशा गर्दछु सबैमा नमस्कार

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal