eNepal

न्याभको नयाँ कार्यसमितिको निर्वाचन आउँदो २३ जुलाईमा, सदस्यता बन्ने अन्तिम दिन आज

नेप्लिज एसोसिएसन अफ भिक्टोरिया (न्याभ) ले आगामी दुई वर्ष अर्थात २०२२-२०२४ को नयाँ कार्यसमितिको निर्वाचनको औपचारिक घोषणा गरेको छ । न्याभको संबिधान अनुसार वर्तमान कार्यकारिणीको कार्यकाल ३० जुन २०२२ मा सकिदैछ भने नयाँ कार्यसमितिको लागि आगामी जुलाई २३ मा निर्वाचन हुने तय भएको छ।

दर्ता भएका सदस्यहरूले मात्र आगामी २३ जुलाईमा हुने चुनावमा सहभागीता जनाई  नयाँ कार्यकारी समिति चयन गर्ने अधिकार हुनेछ। दर्ता र नवीकरण गर्ने अन्तिम दिन आज ३० जुन २०२२ को ११:५९ बजे अघि गरिसक्नुपर्छ। न्याभको सदस्यता दुई वर्षको लागि मान्य हुनेछ।

https://docs.google.com/forms/d/e/1FAIpQLScgzxENqL-GNdHpMi9fD1NdPv2xc6djCc1CRKn_CtGRJYW6ow/viewform?fs=e&s=cl

अस्ट्रेलीयाको भिक्टोरिया राज्यमा बसोबास गर्ने नेपाली मूलका सबै जनताको हितलाई प्रवर्द्धन गर्दै नेपाली संस्कृति, सम्पदा र अष्ट्रेलिया र नेपालबीचको सद्भावना प्रवर्द्धन गर्ने उद्देश्यले सन् १९९७ मा न्याभको स्थापना भएको हो ।

न्याभले विगत २५ वर्षदेखि बृहत् कार्यक्रम गर्दै बिभीध सहयोगमूलक गतिविधिमार्फत समुदायको हितमा सेवा गर्दै आएको छ । 

कोविड महामारीको अवधिमा न्याभले समुदायका सदस्यहरू विशेष गरी विद्यार्थीहरूलाई राहत प्याकेजहरू प्रदान गरेको थियो भने अनलाइन मानसिक सहायता सत्र, सरकारी सहायता जानकारी आदानप्रदान, कोभिड सचेतना कार्यक्रम, विभिन्न क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायमा कोभिड खोप प्रोत्साहन सत्र, बहुसांस्कृतिक कार्यक्रममा समुदायको प्रतिनिधित्व गर्ने युवाहरूबीच एकता सद्भाव र शान्ति प्रवर्द्धन गर्ने उद्देश्यले महिनौंसम्म चल्ने खेलकुद कार्यक्रम आयोजना गर्दै आएको छ। यसै गरि आवश्यकतामा परेका व्यक्तिहरूलाई सहयोग गर्न विभिन्न कोष जुटाउने कार्यक्रमहरू पनि न्याभले संचालन समेत गर्दै आएको छ।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal