eNepal

नेपाली सामुदायिक भवन निर्माणको लागि आयोजना गरिएको गाला डिनरबाट थप डेढ लाख डलर सङ्कलन

अस्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्र (एएनएमसी)ले नेपाली सामुदायिक भवनको पछिल्लो स्थिति भिक्टोरीयावासी नेपाली लगाएत आफ्ना सदस्यहरु जानकारी गराउने हेतुले गत शनिबार “एएनएमसी गाला” डिनर आयोजना गरीएको थियो।

अस्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्रको बहुप्रतिक्षित परियोजनाको प्रगतिको बारेमा समुदाएलाई जानकारी गराउनको साथै अद्यावधिक उपलब्ध गराउन आयोजना गरेको फन्डरेजिंग डिनर कार्यक्रमबाट थप एकलाख पच्पन्न हजार डलरको हाराहारीमा सहयोग जुटाउन ५ नयाँ संकक्षकका साथै  २३ नयाँ परिवारले आजीवन सदस्यता लिएको संस्थाका अध्यक्ष राजेश आचार्यले जानकारी गराउनु भएको छ।

उहाँले उठेको रकम 100 Duncans Lane, Diggers Rest मा अवस्थित भवनलाई पूजास्थल र सामुदायिक भवनमा परिणत गर्न र अस्थायी सुविधाहरू सञ्चालनमा ल्याउने स्पष्ट पार्नु भएको छ।

कार्यक्रममा बहुसांस्कृतिक केन्द्रका पूर्वअध्यक्ष चन्द्रदिपक पोखरेल, संरक्षक शेष घले, संरक्षक चन्द्र योन्जन, भिक्टोरियाकी महिला तथा शिक्षामन्त्री नताली हचिन्सन्स लगायतले बहुसांस्कृतिक केन्द्रको आवश्यकता र हालसम्म भएका कार्यका विषयमा आआफ्नो धारणा राखेका थिए ।

कार्यक्रममा नेपालको लोकप्रिय व्याण्ड कन्दराका गायक विवेक श्रेष्ठले देशभक्तिपूर्ण गीतहरु सुनाउनु भएको थियो भने स्थानिए कलाकारहरूले सांगीतिक प्रस्तुति देखाएका थिए।गाएक विवेक श्रेष्ठले गायन वापत आफूले पाउने पारिश्रमिक केन्द्रलाई नै दिने घोषणा समेत गरे।

कार्यक्रयमा अष्ट्रेलियन नेप्लीज मल्टिकल्चरल सेन्टरको विषयमा तयार पारिएको गुरू योजना र श्रव्यदृश्य सामग्री समेत प्रस्तुत गरिएको थियो ।

भिक्टोरियाका नेपाली समुदायका १,२०० भन्दा बढी आजीवन सदस्यहरूद्वारा प्रवर्द्धन गरिएको यस महान परियोजनामा पूजाआजा सहित अन्य कार्यक्रम गर्न केही हप्ता अगाडीमात्र ह्युम सिटी काउन्सिलबाट योजना अनुमति प्राप्त भइसकेको छ।

काउन्सीलबाट प्लानिङ पर्मिट एप्लिकेसन  स्वीकृत भए पछि अहिले रहेको भवनलाई पब्लिक बिल्डिङमा परिबर्तन गर्न कार पार्किङ, डिसेबल एक्सिस्, ट्वाईलेटहरुको व्यबस्था,  आवाज नियन्त्रण सम्बन्धी व्यबस्था, ईलेक्ट्रिकल सेफ्टी जस्ता अत्यावश्यकिय शर्तहरु पुरा गरिसकेपछि मात्र प्लेस अफ वर्सिप (पूजाआजा गर्ने) र प्लेस अफ एसेम्बली (समुदाय जम्मा हुने)  स्विकृत दिनेछ। उक्त स्विकृति प्राप्त गरे पछि उक्त भवनमा गएर अस्थाई रुपमा बौद्ध र हिन्दुको मन्दिर स्थापना गर्न सकिनेछ र सानातिना भेला जमघटहरु गर्न सकिने छ।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal