केविसी अष्ट्रेलियाको आयोजनामा आगामी जुलाईको २२ तारिखदेखि अगष्टको ७ तारिखसम्म अष्ट्रेलियाका विभिन्न ७ शहरहरुमा आयोजना गर्न लागिएको धमाका २०७९ को आयोजना हुँदैछ । अष्ट्रेलियाको पर्थ, तास्मानियाको लन्चेष्टन, मेलबर्न, ब्रिसबेन, सिड्नी, राजधानी क्यानबेरा र एडिलेडमा हुन लागेको यो सांगीतिक प्रस्तुति तीजको पूर्वसन्ध्यामा समेत परेका कारणले यसलाई केही शहरहरुमा तीज धमाका २०७९ को रुपमा पनि सञ्चालन गरिनेछ ।

कार्यक्रमलाई केविसी अष्ट्रेलियाले स्थानीय नेपाली सामूदायिक संघसंस्था र ईभेन्ट अर्गनाईजरहरुसँगको सहकार्यमा धमाका २०७९ गर्न लागेको हो । पर्थमा वी केयर नेपालले आयोजना गर्दैछ । मेलबर्नमा गुल्मी समाज, केइसी समाज लगायतले आयोजना गर्नेछन् भने एडिलेडमा गिरिश ईभेन्टसले कार्यक्रम आयोजना गर्नेछ । नेपाली लोक तथा दोहोरी क्षेत्रका चर्चित गायक पशुपति शर्मा, नेपाली संगीत आकाशकी चर्चित गायिका रचना रिमाल, हाँस्यव्यंग्य विधामा आफ्नै छुट्टै पहिचान बनाउन सफल सुवोध गौतम र काकु चरित्र मार्फत हाँस्यविधामा अमिट छाप छोड्न सफल दिपक आचार्यले यो अष्ट्रेलियाव्यापी सांगीतिक कार्यक्रममा आफ्ना प्रस्तुति दिनुहुनेछ । गायिका रचना रिमाल पहिलो पटक अष्ट्रेलियामा सांगीतिक कार्यक्रम प्रस्तुतिका लागि जाँदै हुनुहुन्छ । गायक पशुपति शर्माले कैयौं पटक अष्ट्रेलियाका दर्जनौं शहरमा आफ्नो प्रस्ततिले यहाँका दर्शकमाझ अमिट छाप छोडिसक्नुभएको छ भने सुुवोध गौतम र दिपक आचार्यले पनि यसअघि अष्ट्रेलियामा आफ्नो हाँस्यव्यंग्य प्रस्तुतिले त्यहाँका दर्शकहरुलाई मनोरञ्जन प्रदान गर्नुभएको छ ।
अष्ट्रेलियाव्यापी यो सांगीतिक भ्रमणलाई नेपाल र अष्ट्रेलियामा शैक्षिक परामर्श प्रदान गरिरहेको ग्रेस ईन्टरनेशनल एजुकेशन एण्ड भिसा सर्भिसेज र मेलबर्नमा केन्द्र रही रियलस्टेटको क्षेत्रमा अमिट छाप छोड्न सफल ब्लूबेरी रियलस्टेटले प्रायोजन गरेका छन् । यससँगै स्थानीय शहरहरुमा अन्य नेपालीहरुले सञ्चालन गरेका विभिन्न व्यवसायहरु पनि यो अभियानमा जोडिँदैछन् ।
मुख्य प्रायोजक ग्रेस ईन्टरनेशनलले सन् २००६ देखि हालसम्म २५ हजारभन्दा बढी विद्यार्थीहरुलाई आफ्नो सेवा प्रदान गरिसकेको छ । ग्रेसको कार्यालय अष्ट्रेलियाको मेलबर्न, सिड्नी, एडिलेड, पर्थ, ब्रिसबेन, होबार्ट र क्यानबेरामा रहेका छन् । यस्तै नेपालको काठमाडौंको बानेश्वर, पुतलीसडक, चितवन, हेटौंडा, विराटनगर, पोखरा, दमक, पर्सा, बुटवलमा कार्यालय रहेका छन् । यस्तै ग्रेस ईन्टरनेशनलको भारतको नयाँदिल्ली, पाकिस्तानको ईस्लामावादमा समेत कार्यालय रहेको छ ।
केविसी अष्ट्रेलियाले आफ्नो सामूदायिक दायित्वलाई बहन गर्दै यस पटकको यो कन्सर्टमध्ये ब्रिसबेनको कन्सर्टबाट प्राप्त हुने सबै रकमलाई त्यहाँ नेपाली समूदायले बनाउन लागेको बहुसांस्कृतिक केन्द्र निर्माणका लागि सहयोग गर्ने निर्णय गरेको छ । ब्रिसबेनको कार्यक्रम मुख्यतः यही सांस्कृतिक केन्द्र बनाउने अभियानको फन्डरेजिंगका रुपमा मनोरञ्जनात्मक कार्यक्रमकाबीच सञ्चालन गरिनेछ ।

