eNepal

अस्ट्रेलीयाको मेल्बर्न शहर बिश्वकै उत्कृष्ट बस्न लायक दश शहरको सुचीमा

सन् २०२२ को ग्लोबल लाइभबिलिटी इन्डेक्सका अनुसार मेलबर्न शहर बिश्वकै उत्कृष्ट बस्न लायक दश शहरको सुचीमा पर्न सफल एक मात्र अष्ट्रेलियाको शहर बनेको छ।

मेलबर्न शहर जापानको ओसाकासँगै बराबरीमा १० औं स्थानमा पर्न सफल भएको छ ।

अस्ट्रियाको राजधानी भियना सन् २०१९ यता पहिलो पटक शीर्ष स्थानमा पुगेको छ।

एडिलेड शहर गत वर्षको सूचाङ्कमा दोस्रो स्थानमा रहेको थियो भने यस बर्ष ३०औं स्थानमा पुगेको छ त्यस्तै पर्थ २६ स्थानबाट झरेर ३२ औं स्थानमा पुगेको छ र ब्रिस्बेन १७ औं स्थानहाट झरेर २७ औंमा स्थानमा पुगेको छ।

ग्लोबल लाइभबिलिटी इन्डेक्स २०२२ पर्न सफल शहरहरु:

भियना (अष्ट्रिया)

२, केपेनहेगन (डेनमार्क)

३, जुरिच (स्विटजरल्याण्ड)

४, क्यालगरी (क्यानडा)

५, भ्यानकुभर (क्यानडा)

६, जेनेभा (स्वीटजरल्याण्ड)

७, फ्र्यांकफर्ट (जर्मनी)

८, टोरन्टो (क्यानडा)

९, एम्स्टारडम (नेदरल्याण्ड)

१०, ओसाका (जापान) र मेलबर्न (अष्ट्रेलिया)

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal