eNepal

अस्ट्रेलिया दिवस फोटो प्रतियोगितामा छानीयो जिएनएको फोटो, जित्यो नगद दुइहजार डलर

जिलोङको सबैभन्दा जीवन्त र समावेशी नेपाली संस्था जिलोङ नेपाली एसोसिएसन राज्य स्तरमा आयोजना भएको अस्ट्रेलिया दिवस २०२२ फोटो प्रतियोगितामा चयन भएको छ। नगद $२००० मौद्रिक मूल्यको साथ फाइनलको उपाधि जिते सँगै अव जिएनए राष्ट्रिय स्तरको प्रतीयोगितामा चयन भएको छ। 

रास्ट्रिय स्तरमा हुने प्रतियोगिताको पुरस्कार राशी नगद $१०००० राखिएको छ।

 

कार्यक्रमको प्रमुख अतिथिमा कोरांगामाइटका संघीय सांसद एच लिब्बी कोकर, सिटि अफ ग्रेटर जिलङका काउन्सिलर जिम मेसन एएम, बहुसांस्कृतिक सामुदायिक सेवा जिलङका सीईओ जोय लेगो, किवानिस जिलङ जिल्लाका सदस्यहरू, मेलबर्न नेप्लिज कम्युनिटी वेस्टका अध्यक्ष शंकर थापा लगाएत BAPS का सदस्यले अस्ट्रेलियाको कथा साझा गर्नु भएको थियो।

प्रत्येक बर्षको २६ जनवरीका दिनलाई अस्ट्रेलियाको राष्ट्रिय दिवसको रुपमा मनाइने गरिन्छ। १७८८ मा पहिलो पटक ब्रिटिश न्यू साउथ वेल्समा आइपुगेर सिड्नीमा ब्रिटिश झन्डा फहराएको सम्झनामा यसलाई बार्षिकीको रुपमा अस्ट्रेलिया दिवस मनाउने प्रचलन छ। पछिल्लो समय अस्ट्रेलियाको ईतिहासलाई प्रतिबिम्बित, आधिकारिक सामुदायिक अवार्ड प्रदान, नयाँ अस्ट्रेलियन नागरिकलाई स्वागत गर्ने जस्ता महत्वपूर्ण कार्यक्रम गरेर अस्ट्रेलियालाई बहुसांस्कृतिक देशको रुपमा चिनाउने उद्धेस्यका साथ मनाउने गरिन्छ । 

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal