eNepal

रविन एण्ड द रेभ्यूलुसनले शुक्रबार होबार्टमा कन्सर्ट गर्ने,एकजनालाई व्याण्डको सिग्नेचर सहितको गीतार

युवाहरुको जमातमा अत्यन्त लोकप्रीय ब्याण्ड रविन एण्ड द रेभ्यूलुसनले आउँदो २४ तारिख शुक्रबार तास्मानियाको होबार्टमा कन्सर्ट गर्ने भएको छ । 

मोनाह आर्ट्स सेन्टर , अलबर्ट रोड, मोनाहमा आयोजना हुने यस कन्सर्ट आरजीआईटी अष्ट्रेलिया र ग्लोबल मार्क एजुकेशन एण्ड भिसा सर्भिसेजले मुख्य प्रायोजन गरेको छ ।

होबार्टको कन्सर्टको ब्यबस्थापन गरिरहेको ग्लोबल मार्क एजुकेशन एण्ड भिसा सर्भिसेजका निर्देशक अरुण चित्रकारणे दिएको जानकारी अनुसार कार्यक्रमको तयारी लगभग सकिएको र होबार्टमा रहनु भएका ब्याण्डका शुभचिन्तकहरु र रक सङ्गितका पालखीहरु ब्याण्डका चर्चीत गीत प्रत्यक्ष सुन्न र हेर्न आतुर भएको बताउनु भएको छ।

कार्यक्रममा सहभागी हुने एकजानलाई गोलाप्रथाबाट चुनेर व्याण्डको सिग्नेचर सहितको गीतार प्रदान गरिने पनि आयोजकले जनाएको छ।

पछिल्लो समय होबार्टमा नेपालीहरुको बसोबास ह्वात्तै बढेसँगै साङ्गितीक लगाएत खेलकुद र अन्य जानकारी मुलक कार्यक्रमहरुमा समुदाएको उत्साहापूर्ण सहभागीता हुने गरेको छ। उच्च गुणस्तरको सांगीतिक कार्यक्रम होबार्टमा ल्याउन पाउँदा आफु उत्साहित रहेको आयोजकले बताएका छन् 

व्याण्डमा रविन तामाङ लिड गिटारिष्ट तथा गायक, हरि महर्जन रिदम, प्रविनदास श्रेष्ठ व्यास गिटार र विजय बराल ड्रममा रहेका छन् । गएको जुन ४ तारिखबाट अष्ट्रेलियाको टूरमा रहेको व्याण्डले यसअघि डार्विन, मेलबर्न, क्यानबेरा र ब्रिसबेनमा कन्सर्ट गरिसकेका छन् भने सिड्नीमा भोली २३ जुनमा कन्सर्ट गर्दैछ।

शक्रबार बेलुका ५ बजेदेखि शुरु हुने कन्सर्टमा १८+ परिचयपत्र अनिवार्य गरीएको छ ।कार्यक्रमको प्रि-सेल टिकट रकम $२० राखिएको छ भने डोर सेल भने $४० राखिएको छ।कन्सर्टको शुरुवातमा होबार्टको स्थानीए ब्यान्ड अर्थ ब्यान्डले प्रस्तुती दिनेछ। रविन एण्ड द रेभ्यूलुसनको अष्ट्रेलिया टूरको व्यबस्थापन यात्री ईभेन्टसले गरेको हो।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal