eNepal

अन्तरास्ट्रिय योग दिवस सन्दर्भ: नेपाललाई ‘योग गुरु देश’ बनाउने महाअभियान

पार्वती पहारी पोखरा

(हाल मेलवर्न अस्ट्रेलिया)

[email protected]

संयुक्त राष्ट्र संघको महासभाद्धारा २०१४ मा पारित गरी २१ जुन २०१५ देखि वार्षिक र विस्वब्यापी रुपमा अन्तरास्ट्रिय योग दिवस मनाउन शुरु गरियो । उत्तरी गोलार्धको सबैभन्दा लामो दिन २१ जुनलाई यो दिवसको रुपमा छानिएको थियो ।

शारिरिक, मानसिक र आध्यात्मिक अभ्यासको प्रतिक हो योग र मानबताका लागि योग (Yoga for humanity) नाराका साथ मनाउन लागिएको छ यो बर्षको आठौं अन्तरास्ट्रिय योग दिवस । 

योगको शाब्दिक अर्थ कुनै पनि २ कुरा जोड्नु हुन्छ । अलि अगाडि बढेर भन्नुपर्दा हाम्रो शरिरलाई मस्तिस्क हुँदै परम चैतन्यसंग जोड्नु योग हो । अझ आध्यात्मिक हिसाबले भन्ने हो भने हामी भित्रको ब्रम्ह तत्वलाई परब्रम्हमा जोड्नु नै योग हो, आत्मा र परमात्माको मिलन नै योग हो । योग बिभिन्न प्रकार छन: राज योग, हठ योग, मन्त्र योग, क्रिया योग आदि ।

पातन्जल योग सूत्रका अनुसार योगका यम, नियम, आसन, प्राणायाम, प्रतिहार, धारणा, ध्यान र समाधी गरी आठ अंगहरू छन । 

हाम्रो शरिर वास्तवमा शक्ति/उर्जाहरूको भण्डार हो । सुसुप्त अबस्थामा रहेका यी उर्जाहरूलाई योगको माध्यमले चलायमान बनाउन सकिन्छ जुन शरीरमा सानाभन्दा साना रूपमा रहेका असंख्य नाडीहरूको माध्यमले संचालन हुने गर्दछ । 

अहिलेको २१ औँ शताब्दिमा योग मानबको लागि अमूल्य बरदान नै साबित भएको छ । रोग प्रतिरोधात्मक क्षमता बढाउनुका साथै कोरोना भाईरस जस्ता बिभिन्न संक्रमणसँग लड्न योगले सघाई रहेको हुन्छ । योगले मानबको मनमा उठ्ने नकरात्मक बिचार मेटाउदै अनुशासन, धैर्यता र साहसलाई बढाउँछ । योगले हाम्रो शारिरिक र मानसिक स्वास्थ्यमा सुधार ल्याउनुका साथै स्वस्थ भै दैनिक जीवन यापनमा सघाउ पुर्याउँदछ ।योगले नास्तिक व्यक्तिमा पनि अध्यात्मबोध गराउन सघाउँछ । अहिलेसम्मका धैरै अनुसन्धानहरुलाई हेर्दा संसारमा सफल बन्ने धेरै मानिसहरूले  योग र ध्यान साधनालाई आफ्नो जीवनको अभिन्न अंग नै बनाएको भेटिन्छ । 

हिमालयको काखमा रहेको नेपाल पौराणिक कालदेखि नै निकै चर्चामा रहेको कुरा पुराणका कथा सुन्दा थाहा पाउँछौ । हिमालयको कैलाश पर्वतमा नै आदियोगी शिबजीले पहिलो शिष्यको रूपमा माता पार्वतीलाई यो दिव्य/योग मुक्ति विद्या हस्तान्तरण गर्नु भएको थियो । त्यसपछि पार्वती हुँदै सप्तॠषीहरूले पनि नेपाल भूमिलाई नै कर्मथलो वनाउनु भएको थियो । त्यसैगरी वेदब्यासले व्यास गुफामा बसेर बेदका पबित्र ॠचाहरू रच्नु भएको ईतिहास पनि छ हामीसंग । हाम्रो देशमा खुलेका विभिन्न आध्यात्मिक संघसंस्थाहरूका कारण हामीले योग र ध्यानको क्षेत्रमा लागेर रोगमुक्त स्वस्थ जीवन विताउन र अध्यात्मिक वन्न पाएकोमा हामी सबै भाग्यमानी छौ । विस्वशाान्ति तथा आध्यात्म बिज्ञान समाज होस वा मनोक्रान्ति, पातन्जल होस वा पतन्जती, ब्रम्हकुमारी होस वा जीवन बिज्ञान, ओशो तपोवन होस वा योगप्रेमी परिवार – जहाँ जुन संस्थाको जरो समाए पनि हामी पुग्ने भनेको एउटै ठाउँमा नै हो । आखिर जता लागे पनि  आफुमा अध्यात्मिक चेतको बोध गर्नु नै ठूलो कुरा हो ।

वुद्धको र सगरमाथाको देश नेपाल भनेर हामीमध्ये धेरैले सुनेकै छौ, अझ कतिले बिभिन्न किसिमले विस्वभरी नेपाललाई त्यो रुपमा चिनाउन अनबरत रुपमा लागिरहेका छन । विस्वमा योग उत्पतिको देश पनि नेपाल हो भनेर हामीमध्ये कतिलाई थाहा नहुन पनि सक्छ । आदियोगी शिवजीले नेपालबाट नै योग विद्यालाई प्रारम्भ गर्नु भएको हो ।

विस्व शान्ति तथा आध्यात्म विज्ञान समाज (The Global Society for Peace and Spiritual Science Incorporate, GSPSS) का संस्थापक आदरणिय गुरू राजन शर्माज्यूको पहलमा नेपाल सन २०२५ भित्र नै ‘योग गुरू देश’ को रुपमा विस्वमा चिनाउने लक्षका साथ काम हुँदैछ । यस्तो महान प्रयासका बारेमा धेरै नेपाली नै पनि अनभिज्ञ हुन सक्छन, तर समस्त नेपाल र नेपालीलाई गर्वान्वित बनाउने यो बिषयबारे जानकारी गराइनु पनि पर्छ । यसमा संसारभरिका नेपाली भाषीले जुनसुकै संस्थाबाट बिना शुल्क अनलाईन सहभागी हुन सक्छन र तालिमपस्चात योग्य भएपछि अन्तरास्ट्रिय मान्यता प्राप्त योग अलायन्सबाट प्रमाणपत्र पनि प्राप्त गर्न सक्छन । नेपाललाई ‘योग गुरू देश’ बनाउने जस्तो महान विस्व अभियानमा हामी सबैले आ-आफ्नो ठाउँबाट आ-आफ्नो क्षमतानुरुप सक्दो सहयोग गर्दै आफ्ना सन्ततिलाई हस्तान्तरण गर्नमा कार्यतत्परता दर्शाउनुलाई दायित्वबोधको रुपमा लिनु समयको माग हो ।

ॐ योग गरौ, स्वस्थ वनौं ॐ सबैको जय होस ।

 

 

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal