eNepal

मेल्बर्नमा एक नेपाली विद्यार्थीको निधन, शव नेपाल पठाउन सहयोगको आग्रह

अष्ट्रेलियाको मेल्बर्न राज्यमा एक नेपाली विद्यार्थीको निधन भएको छ। ६ महिना अघि मात्रै अध्ययनका लागि अष्ट्रेलिया आएका समिर कोइराला बुधबार दिउँसो आफ्नै घरमा मृत अवस्थामा भेटिएका हुन्।

२१ वर्षिय समिरको स्थायी घर चितवन रहेको छ। घरबाट टाढा, काम र पढाईको चापले समिर केही समयदेखि मानसिक तनावमा रहेको बताइएको छ। उनी मेलबर्नमा रही कुकरी पढिरहेका थिए । उनको निधनको कारण बारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

परिवारको आर्थिक अवस्था कमजोर रहेको कारण समिरको शव पठाउन तथा परिवारलाई सहयोग गर्न एनआरएनए अष्ट्रेलिया विद्यार्थी सल्लाहकार परिषद्ले स्वर्गीय समीर कोइरालाको पार्थिव शरीरलाई उनको गृहनगर चितवन नेपाल ल्याउन आर्थिक सहयोग जुटाउने भएको छ ।

समीर केही महिनाअघि अन्तर्राष्ट्रिय विद्यार्थीको रूपमा मेलबर्न आएका थिए भने उनी कोबर्गमा बस्दै आएका थिए।

उनको शव नेपाल ल्याउनका लागि परिवारले आग्रह गरे सँगै एनआरएनए विद्यार्थी सल्लाहकार परिषदले गो फण्डमी मार्फत आर्थीक सहयोग सङ्कलन शुरु गरेको छ।उठाइएको सबै रकम समीरको पार्थिव शरीर नेपाल लैजान र कठिनाइ विरुद्ध जुध्न उसको परिवारलाई आर्थिक सहयोग जुटाउन प्रयोग गरिने एनआरएनए युथ कोअडनेटर ववीन मिश्रले जानकारी गराउनु भयो।

https://www.gofundme.com/f/help-to-repatriate-late-samir-koirala?utm_source=facebook&utm_medium=social&utm_campaign=p_cp+share-sheet&fbclid=IwAR0TGbXBOrpqSJ7YDrIzbqKfjhYyHANrDtfSIptCcCUi8nR6_A_fK_ZOoeA&fs=e&s=cl

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal