अष्ट्रेलियन नेपाली बहु-सांस्कृतिक केन्द्र (ANMC)ले नेपाली सामुदायिक भवन, पशुपतिनाथ मन्दिर र बौध्द गुम्बा सहित बिभिन्न प्रयोजनको लागि डिगर्स रेस्टमा खरिद गरेको १०० डण्कन्स लेनको १५ एकड जग्गामा पूजाआजा सहित अन्य कार्यक्रम गर्न अनुमति प्राप्त गरेको आज आफ्नो अफिसीयल फेसबुक पेज मार्फत जानकारी गराएको छ।

सुचनामा भनिएको छ अल्पकालिन प्रयोजनको लागि जग्गामा रहेको भवनमा केहि परिवर्तन गर्नु पर्ने र त्यसका लागि काउन्सिलको बिभिन्न शर्तहरु मान्नु पर्ने उल्लेख गरिएको छ ।
https://www.facebook.com/1613330612258170/posts/3282297405361474/?d=n
काउन्सीलबाट प्लानिङ पर्मिट एप्लिकेसन स्वीकृत भए पछि अहिले रहेको भवनलाई पव्लीक बिल्डिङमा परिबर्तन गर्न अनगिन्ती सर्त हुनेछन् जस्तै कार पार्किङ, डिसेबल एक्सिस्, ट्वाईलेटहरुको व्यबस्था, आवाज नियन्त्रण सम्बन्धी व्यबस्था, ईलेक्ट्रिकल सेफ्टी जस्ता अत्यावस्यकीय सर्तहरु मिट गरिसके पछि मात्र प्लेस अफ वर्सिप र प्लेस अफ एसेम्बलीको स्विकृत दिनेछ।

उक्त स्विकृती प्राप्त गरे छि उक्त भवनमा गएर अस्थाई रुपमा बौद्ध र हिन्दुको मन्दिर स्थापना गर्न सकिनेछ र सानातीना भेला जमघटहरु गर्न सकिने छ। अवको लक्ष्य पुरा गर्नको लागि कबोल गरेको दान र सदस्यता शुल्क बाँकी भए पूरै वा भुक्तानी योजनामा तिरेर यस कार्यलाई गन्तव्यमा पुर्याउन समेत एएनएमसीका अध्यक्ष राजेश आचार्यले समुदाएसँग अनुरोध गर्नु भएको छ ।
यसैको लागि अस्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्र (एएनएमसी)ले नेपाली सामुदायीक भवनको पछिल्लो अपडेट भिक्टोरीयावासी नेपाली लगाएत आफ्ना सदस्यहरुलाई जानकारी गराउने हेतुले आगामी २५ जुन २०२२ मा थोनबरी थिएटरमा प्रत्यक्ष मनोरञ्जन सहितको गाला डिनर आयोजना गर्दैछ।

कार्यक्रमबाट उठेको कुनै पनि अतिरिक्त कोष १०० डण्कन्स लेन, डिगर रेस्टमा प्रस्तावित अस्थायी सुविधाहरू निर्माण गर्न प्रयोग गरिने छ।
https://www.trybooking.com/events/landing/904785
कार्यकारिणी समितिका तर्फबाट सम्पुर्ण सल्लाहकारहरू, दाताहरू, स्वयंसेवकहरू, सदस्यहरू सबैजनालाई कार्यक्रममा सहभागी हुन र महान कार्यलाई समर्थन गर्न समेत आचार्यले आमन्त्रित गर्नु भएको छ।
भिक्टोरियाका नेपाली समुदायका १,१०० भन्दा बढी आजीवन सदस्यहरूद्वारा प्रवर्द्धन गरिएको यस महान परियोजनामा सबैको साथ र सहयोगको खाँचो रहेको छ।

