eNepal

करिव दश हजारको सहभागीता बिच डार्बीनको नेपाल फेष्टिभल भव्यताका साथ सम्पन्न

गैर आवासीय नेपाली संघ अस्ट्रेलियाको सिग्नेचर कार्यक्रम मध्य एक मानिने नेपाल फेष्टिभल अन्तर्गत डार्बिनको नेपाल फेष्टिभल करिव दश हजारको सहभागीतामा भव्यताका साथ सम्पन्न भएको छ।

गैर आवासीय नेपाली संघ अस्ट्रेलिया, नर्दन टेरिटोरी राज्य संयोजन समितिको आयोजनामा नेप्लीज एशोसिएसन अफ नर्दन टेरेटोरी, नेप्लीज कम्युनिटी एलिस स्प्रींग, डार्विन हर्टस फुटबल क्लब लगाएत अन्य बिभीन्न सँघसंस्थाको सहकार्यमा डार्बिन शहरको प्रमुख पर्यटकिय क्षेत्र वाटर फन्टमा जुन ४ शनिवारका दिन नेपाललाई झल्को दिलाउने नेपाल फेस्टीभल भएको थियो।

महत्सवको मुख्य आकर्षणको रुपमा नेपाली धरहराको प्रतिमूर्ति, नेपाल हाउस, नेपाली चिया चाख्ने प्रतिस्पर्धा, बालबालिकाको लागि विभिन्न गतिविधि, नेपालीपन झल्किने ढुंगेधारा, नेपाली खानाका विभिन्न स्टलहरु रहेका थिए भने नेपाल हाउसमा राखिएको नेपाली जाँतो, मोही पार्ने मदानी, आगो बालेर पकाउने नेपाली चुलो, नेपाली अन्य घरायसी सामगीहरु प्रयोगसहित नै प्रदर्शनमा सबैको आँखा गएको थियो ।

नेपाल फेष्टिभलको अर्को आकर्षणमा वीर गोर्खालीहरुको गाथा बोकेको स्टल रहेको थियो भने नेपाली मौलीक परम्परा बोकेको बेहुला बेहुली बनेर फोटो खिच्ने सुविधा पनि महत्सवको अर्को आकर्षण बनेको थियो। नेपालीका अलावा अन्य बिभीन्न समुदाएका  व्यक्तिहरुले महत्सवमा भर्पूर मनोरन्जन लिएका थिए।महत्सवमा नेपालका विभिन्न पर्यटकीय स्थलहरुको जानकारी दिनेगरी फोटोहरु प्रदर्शन समेत गरिएको थियो ।

बिभीन्न कला, सँस्कृती, भेषभुषा झल्किने झाँकी सहित नेपाली परम्परागत नृत्यको साथमा महत्सवको अर्को आकर्षणको केन्द्र बिन्दु नेपाली चर्चीत व्याण्ड रविन एण्ड रेभ्यलुसनको कन्सर्ट रहेको थियो।

डार्विनको नेपाल फेष्टिभलमा सहभागी हुनका लागि एनआरएन अस्ट्रेलियाका प्रेसिडेन्ट नन्दु गुरुङ्ग लगाएत अन्य राज्यबाट एनआरएनएका पदाधीकारीहरु समेत डार्वीन पुगेका थिए।

फोटो सौजन्य: Catch Smile 

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal