eNepal

यती फुटबल क्लव मेल्बर्नको अध्यक्षमा राज शर्मा पुनः निर्वाचित

मेल्बर्नको यती फुटबल क्लवको अध्यक्षमा राज शर्मा पुनः निर्वाचित भएका छन् ।गत मे २९ गते आइतबार मेल्बर्नको ईस्टोनियन हाउसमा सम्पन्न साधारण सभामा शर्मा र उहाँको नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको हो।

नयाँ समितिको अध्यक्षमा राज शर्मा, उपाध्यक्षमा प्रवेश केसी, अनामिका राई र सज्जन शर्मा निर्विरोध निर्वाचित हुनु भएको हो।त्यस्तै सचिवमा भरत राणा, सहसचिवमा  बिशन गुरुङ, कोषाध्यक्षमा हरि गुरुङ र सहकोषाध्यक्षमा अरुणकुमार श्रेष्ठ निर्वाचित भएका छन्।

कार्यकारी सदस्यहरुमा कालु तमु, कर्ण राणा, सुदीप मास्के, आशिम पन्त, प्रचन श्रेष्ठ,दिपु गुरुङ, निरजन गुरुङ, ज्ञान श्रेष्ठ, पंकज लामिछाने, राकेश विन्दुकार, उकेश श्रेष्ठ, मनदीप सिंह बस्न्यात चयन भएका छन्।

उक्त अवसरमा क्लबमा आबद्ध खेलाडीहरुले उनीहरुले गरेको कडा परिश्रम र समर्पणका लागि क्लबले निवर्तमान पदाधिकारीहरूलाई धन्यवाद दिएको थियो भने यस सिजनमा आउने नयाँ खेलाडीलाई क्लबले पनि स्वागत गरीएको थियो।

कार्यक्रममा क्लबका सल्लाहकारहरु जोग लिम्बु , परशुराम शर्मा लुईटेल , बम गुरुङ र राज कँडेलले २०२२–२०२४ को लागि नयाँ समितिलाई स्वागत गर्दै कार्यकालको सफलताको शुभकामना ब्यक्त गरेका थिए।

खेलकुद क्लब मात्रै नभएर सामुदायीक क्लबको रुपमा पनि चिरपरिचित यती फुटबल क्लवले समुदाएमा बिभीन्न सामाजीक कार्यहरु गर्दै आएको छ। कोरोनाभाइरसको महामारी सुरुवात भएपछि समस्यामा परेका आफ्ना क्लबका खेलाडीहरु सहित करिव ८०० भन्दा बढी नेपाली विद्यार्थीहरुलाई खाद्य सहयोग वितरण गरेको थियो।

क्लवले अस्ट्रेलीयाको नेपाली समुदाएमाँझ लोकप्रीय र बहुप्रतिस्ठीत कन्डेल कल्सल्टेन्सी क्लव आयोजना गर्दै आएको छ। गएको १२ मार्च र १३ मार्चमा कन्डेल कल्सल्टेन्सी क्लवको एघारौं सँस्करण भव्यताका साथ सम्पन्न भएको छ।

यति फुटबल क्लब (यति एफसी) सन् २००१ देखि युवाहरूलाई फुटबल सिक्न, खेल्न र रमाइलो गर्नका साथै सहयोग र सुविधा प्रदान गर्ने स्वयंसेवकको नेतृत्वमा रहेको समुदायमा आधारित क्लब हो। यति एफसी सन् २००८ मा निगमित संस्थाको रूपमा दर्ता भएको थियो।यसको स्थापनादेखि नै यती एफसीले धेरै स्थानीय र अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा भाग लिइसकेको छ।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal