eNepal

काठमाडौंको मेयरमा बालेन साह र उपमेयरमा सुनिता डंगोल निर्वाचित

काठमाडौं महानगरपालिकाको मेयरमा बालेन्द्र साह (बालेन) निर्वाचित हुनुभएको छ ।

वैशाख ३० गते भएको निर्वाचनको बिहीबार राति अबेर सकिएको मतगणनामा नेपाली कांग्रेस र नेकपा एमालेसहितका उम्मेदवारलाई पराजित गर्दै बालेन निर्वाचित हुनुभएको हो ।

साहले ६१ हजार ७६७ मत ल्याउँदै मेयरमा निर्वाचित हुनुभएको हो ।

साहका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ३८ हजार ३४१ मत र नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ३८ हजार ११७ मत पाउनुभयो ।

उपमेयरमा नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोल निर्वाचित हुनुभयो । उहाँले ६८ हजार ६१२ मत ल्याउँदा निकटम प्रतिद्वन्द्वी नेकपा समाजवादीका रामेश्वर श्रेष्ठले २३ हजार ८०६ मत ल्याउनुभयो ।

स्थापित काठमाडौं महानगरपालिकाका पूर्वमेयर तथा सिंह कांग्रेस नेतृ हुनुहुन्छ ।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal