eNepal

मेल्बर्नमा पचास बर्ष माथिका नेपाली अभिभावकको लागि डिजिटल साक्षरता कार्यक्रम हुँदै

अस्ट्रेलीयाको मेल्बर्नमा नेपालीबाट बिभीन्न प्रायोजनका लागि आउनु भएका आमाबुबाहरुलाई लक्ष्क्षित गर्दै एनआरएनए अष्ट्रेलिया अन्तर्गतको विद्यार्थी सल्लाहकार परिषदले डिजिटल साक्षरता कार्यक्रम आयोजना गर्ने भएको छ।

पचास बर्ष उमेर माथिका अभिभावकहरुलाई आत्मविश्वासका साथ टेक्नोलोजी प्रयोग गर्न सिकाउनका साथै कसरी अनलाइन प्रयोग गर्दा कसरी सुरक्षित गर्ने लगाएत इन्टरनेटले के-कस्ता अवसरहरू प्रदान गर्न सक्छ लगाएतको बिषयमा जानकारी गराईने एनआरएनए विद्यार्थी सल्लाहकार परिषदका सचिव सिद श्रेष्ठले जानकारी गराउनुभयो।

यो डिजिटल प्रविधिको प्रयोगले नेपाली समुदायका ज्येष्ठ नागरिकहरूको आत्मविश्वास, सीप र अनलाइन सुरक्षा बढाउने उद्देश्यले गरिएको पहल हो।सत्रमा डिजिटल प्रविधिको आधारभूत कुराहरु डिजिटल उपकरण प्रयोग गर्दा

सुरक्षित अनलाइनको उपयोग, इमेलहरू पठाउँदा ध्यान दिन पर्ने बिषय, फेसबुक र अन्य सामाजिक सञ्जाल प्रयोग, किनमेल र अनलाइन बैंकिङका साथसाथै myGov को प्रयोग गर्दा ध्यान दिन पर्ने कुराहरु समावेश रहनेछ।

कार्यक्रममा सहभागीता लागि यहाँ दिइएको लिंक क्लिक गरेर अनलाइन आवेदन भर्ना सक्नुहुनेछ: 

https://forms.office.com/r/RxcxZKgRKf

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal