eNepal

मेल्बर्न बस्दै आएका गायक कुशल आचार्यको नयाँ गीत ‘पर्खाई’ बजारमा

भ्वाइस अफ नेपाल सिजन एकबाट एकाएक चर्चामा आएका गायक कुशल आचार्यले पर्खाई बोलको गीत लिएर आएका छन्।

गायक आचार्यकै शब्द र संगीत रहेको पर्खाईलाई समीक सापकोटाले मिक्सिङ र मास्टरीङ गरेका छन् भने म्युजीक प्रोडक्सन प्रज्वल लामाको रहेको छ।गीतको भिडीयो भने खालीद हसनले बनाएका हुन्।

कुशल ‘द भ्वइस अफ नेपाल सिजन– १’ को फाइनलसम्म पुगेका प्रतियोगी हुन् । भोटिङका आधारमा विजयी छनोट हुने उक्त प्रतियोगिता उनी उपाधि जित्नबाट चुकेका थिए । यस अघी कुशलको स्वरमा ‘हावा सरर’ बोलको गीत बजारमा आइ सकेको छ। गायक आचार्यकै शब्द र संगीत रहेको गीतको भिडियो अस्ट्रेलियाको मेल्बर्नमा सुटिङ गरिएको थियो भने भिडियोको निर्देशन मेल्बर्न निवासी सुनोद श्रेष्ठले गरेका थिए।

 

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal