eNepal

“सगरमाथाको संरक्षण गरौं” भन्ने मूल नाराको साथ मेल्बर्नमा एभरेस्ट डे मनाइदै

सर्वोच्च शिखर सगरमाथामा पहिलो मानव पाइला पुगेको सम्झनामा अस्ट्रेलीयाको मेल्बर्न राज्यमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस विशेष कार्यक्रम आयोजना हुने भएको छ। 

२९ मे आइतबार बिहान दश बजे पहिलो सत्रको कार्यक्रम स्वान पिक्नीक एरीयामा हुनेछ।  सगरमाथाको प्रवर्द्धन गर्न र जलवायु परिवर्तन, ग्लोबल वार्मिङ र वातावरणीय प्रभावहरू जस्ता चेतनामूलक क्षेत्रहरू प्रवर्द्धन गर्न अल्बर्ट पार्कमा ५ किलोमिटर पदयात्रा आयोजना गरिने छ भने यसैलाई निरन्तरता दिदै बार्बेक्युको साथमा एभरेस्ट हाजीरी जवाफ लगाएत भेटघाट र फोटो सेसनको कार्यक्रम रहेको छ।

सोही साँझ ६ बजे देखी ८ः३० बजे सम्म अनलाइन जूम प्रविधीबाट “सगरमाथाको संरक्षण गरौं” भन्ने मूल नाराको साथमा फेडरसन् अफ नेप्लिज एसोसिएसन अस्ट्रेलीया (फेन्का)ले सगरमाथाको सामाजिक वातावरणको संरक्षणलाई प्रवर्द्धन गर्दै वर्तमान र भावी पुस्ताका लागि यसको महत्व देखाउने अभिप्रायका साथ कार्यक्रम आयोजना गर्न लागेको हो।

कार्यक्रममा वातावरणीय वैज्ञानिक, नीति निर्माता, अनुसन्धान वैज्ञानिक र सहभागीहरूसँगको प्यानल छलफल मार्फत ग्लोबल वार्मिङको प्रभाव, हिमालय क्षेत्रमा परेको वातावरणीय प्रभावबारे छलफल गरीने भिक्टोरियाका फेन्का राज्य संयोजक भोला गिरीले जानकारी गराउनु भयो। छलफलबाट निस्किएको नतिजा लगाएत भविष्यको योजना र निर्देशनका लागि नेपाल सरकारलाई सिफारिस गरिने पनि गिरीले बताउनु भयो।

यो बिषेश कार्यक्रमको सह-अध्यक्ष बम योन्जनले गर्दै हुनुहुन्छ भने भिक्टोरिया राज्य संयोजक भोला गिरी कार्यक्रमहरूको संयोजन गर्दै हुनुहुन्छ।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal