eNepal

तेस्रो एनआरएनए युथ कप टेवलटेनीस प्रतीयोगिता सम्पन्न (भिडीयो सहित)

एनआरएनए भिक्टोरीया युथ फोरमको आयोजनामा तेस्रो एनआरएनएए युथ कप  सम्पन्न भएको छ। 618 Somerville Road, Sunshine West, VIC मा आज भएको प्रतियोगितामा पुरुष/महिला सिंगल्स र टिम, भेट्रान ओपन  सिङ्गल्स, अन्डर १५ पुरुष/महिला सिंगल्स गरेर ५ प्रतिस्पर्धामा खेल भएका थिए।

अन्डर १५ पुरुष तर्फ प्रभात भट्टलाई हराउँदै सोहम धितालले जीत हाँसील गरे भने अन्डर १५ महिला तर्फ रिजुता श्रेष्ठलाई हराउँदै प्रकृति भट्टले जीत हाँसील गरिन्। महिला खुल्ला तर्फ स्मृति अधिकारीले सिमरोन जोशीलाई हराएकी थिईन्।भेट्रान ओपन सिङ्गल् तर्फ हरि कँडेललाई हराउँदै छवी चौलागाईं र पुरुष ओपनमा सतरंज सुवाललाई हराउँदै पियुष अवालले बाजी मारेका थिए।

कार्यक्रममा एनआरएनका उपाध्यक्ष दुर्गा आचार्य, उप महासचिव नारायण काफ्ले, एनआरएनए भिक्टोरीया संयोजक हरी खड्का, उपसंयोजक नारायण कटुवाल, एनआरएनए भिक्टोरीयाका अन्य पदाधिकारीहरु, नेपाली जन सम्पर्क समिती अष्ट्रेलियाका अध्यक्ष बिनीतराज शर्मा, अस्ट्रेलीयन लेवर पाटी टार्नेट शाखाका अध्यक्ष महेश भण्डारी, एनआरएनए अस्ट्रेलीयाका पूर्व अध्यक्ष टोनु गोथाने, न्याभका पूर्व अध्यक्ष तारा गैरे, भिक्टोरीयन नेप्लिज कम्युनिटी एसोसियसनका अध्यक्ष सुजीत बस्नेत लगाएत दर्जनौ सँघसंस्थाका पदाधीकारीहरुको उपस्थिती रहेको थियो।

पुरस्कार वितरण समारोहको भिडीयो⬇️⬇️⬇️

https://fb.watch/d1hr4GahWQ/

प्रतियोगिताको संयोजक ससेन्द्र केसीले गरेका थिए भने प्रतियोगीतालाई एनआरएनए अस्ट्रेलीया विद्यार्थी सल्लाहकार काउन्सिल राष्ट्रिय सचिव सिद श्रेष्ठले संचालन गरेका थिए।त्यस्तै व्यबस्थापन गौरब सुनार गोथाने र विजय दाहालले गरेका थिए।

यस अघिका दुई सिजन एनआरएनए युथ कोअडनेटर ववीन मिश्रको संयोजकत्वमा सफलता पूर्वक सम्पन्न भइसकेको छ।तेश्रो संस्करणसम्म आइपुग्दा अस्ट्रेलीयामा हुर्किदै गरेको दोश्रो पुस्ताको उल्लेख्य सहभागीताले थप उत्साहा थपेको बताउँदै आगामी दिनमा यस्ता युथसँग जोडीएका कार्यक्रमहरुलाई निरन्तरता दिदै लैजाने धारणा व्यक्त गर्नु भयो।

प्रतियोगीताका फाइनल म्याच⬇️⬇️⬇️

https://fb.watch/d1hvG8P29a/

प्रतियोगितालाई मेक्सीम्याक्स एजुकेसन एण्ड माईग्रेसन सर्भिसेजले मुख्य प्रायोजन गरेको थियो भने डेस्टीनी होम्स, काठमाण्डौ प्रोपर्टीज, म्याजीक मोमो क्याफे, यात्रा द कनेक्सन, बेटर चोइस मोर्गेज/फाइनान्स, एक्स्ट्राटेक सिड्नी/मेल्बर्न, सल्भ एजुकेसन कन्सल्टेन्सी, थ्री आरजे बजारले प्रायोजन गरेका थिए। 

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal