eNepal

आज स्थानीय तहको निर्वाचन हुँदै

आज देशभर स्थानीय तहको मतदान हुँदै छ। निर्वाचन आयोगले चुनावको सबै तयारी पूरा भएको जनाएको छ। आयोगका अनुसार आज बिहान ७ बजेदेखि मतदान शुरु हुनेछ। साँझ ५ बजेसम्म मतदान गर्ने समय तोकिएको छ।

देशभरका ७५३ वटै स्थानीय तहमा निर्वाचन हुने लागेको हो। सबै स्थानीय तहमा ३५ हजार २२१ जनप्रतिनिधि निर्वाचित हुनेछन्। यसमध्ये ३५५ जना निर्विरोध निर्वाचित भइसकेका छन्।

आयोगका अनुसार आज मतदान गर्न देशभर १० हजार ७५३ मतदानस्थल तोकिएका छन्। त्यस अन्तर्गत २१ हजार ८७७ मतदान केन्द्रबाट भोट हाल्ने व्यवस्था गरिएको छ।

यस पटक एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाताले मतदान गर्न पाउनेछन्। देशभर एक लाख ४५ हजार ११ उम्मेदवार चुनावी मैदानमा छन्।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal