eNepal

डाँफे कन्सल्टीङले मेल्बर्नमा शैक्षिक ट्रेड कोर्स एक्सपो आयोजना गर्दै

डाँफे कन्सल्टीङ मेल्बर्नले विद्यार्थीहरुका लागि शैक्षिक परामर्ष बिषयक कार्यक्रम गर्ने भएको छ । आगामी २७ मे  सेप्टेम्बर शुक्रबारका दिन मेल्बर्नको ८५ क्विन स्ट्रिटको लेभल ६ मा दिउँसो २ बजेबाट ५ बजे सम्म  शैक्षिक परामर्ष मुलक अन्तरक्रिया गर्ने भएको हो ।

उत्कृष्ट कलेज तथा विश्वविद्यालयहरु कसरी छनौट गर्नेबारे छलफलका साथै छात्रावृती कार्यक्रममा नव नेपाली बिद्यार्थी लक्षित जानकारीमुलक सत्र रहेको डाँफे कन्सल्टिङ मेल्बर्नका निर्देशक रजिस्टर्ड माईग्रेसन एजेन्ट सन्तोष कर्णले जानकारी गराउनु भयो।

अस्ट्रेलीयामा रहेका नव नेपाली बिधार्थी युवाहरूको लागि उत्कृष्ट कलेज तथा विश्वविद्यालयहरु कसरी छनौट गर्ने ? कस्तो विषयको छनौट गर्ने ? कुनै विषय छनौट गर्दा त्यसका संभावनाहरु के कस्ता रहन्छन्? विश्वविद्यालयहरुमा अध्ययनका निम्ति छात्रवृत्ति के–कस्ता रहेका हुन्छन् र कसरी प्राप्त गर्न सकिन्छ लगाएत अध्ययन सकेपछि रोजगारी लगायतका संभावनाहरु कसरी पहिल्याउन सकिन्छ भन्ने बारे एक्सपोमा जानकारी गराइने कर्णले बताउनु भयो। साथै बिधार्थीले $ ३००० सम्मको छात्रवृत्ति उपलब्धका साथसाथै ट्रेड कोर्षको बारेमा विस्तृत जानकारी गराइने भएको छ।

सत्रमा अनुभवी व्यक्तित्वहरु लगायत विभिन्न उत्कृष्ट विश्वविद्यालयहरुमा अध्ययन गरि रहेका विद्यार्थीका अनुभव साटासाट समेत हुने हुँदा विद्यार्थीहरुलाई प्रत्यक्ष लाभ पुग्ने विश्वास गरीएको छ ।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal