eNepal

मेल्बर्नमा कबड्डी -४ को तीन शो प्रदर्शन हुँदै

कोरोना महामारीले गर्दा लगभग दुई बर्ष ठप्प जस्तै रहेको मेल्बर्नमा नेपाली चलचीत्रको प्रदर्शनले बिस्तारै निरन्तरता पाउने सङ्केत देखीएको छ।

मेल्बोर्नमा कबड्डी-४ को प्रदर्शन नेप्ले ईभेन्ट्सले गर्दै छ भने चलचीत्रको तीन शो प्रदर्शन हुने छ।

चाईना टाउन सिनेमा हलमा पहिलो शो २७ मे शुक्रबार प्रदर्शन हुँदैछ भने दोश्रो शो २८ मे र तेश्रो शो २९ मे आइतबार हुनेछन्।

पछिल्ला बर्षमा नेपाल बाहिर नेपाली चलचित्रको बलियो र राम्रो बजार मानिएको मूलुकमा पर्दछ अष्ट्रेलिया। अष्ट्रेलियाका आठवटै राज्यमा चौधवटा शो प्रदर्शन हुँदैछन्।

कण्डेल कन्सल्टेन्सी एजुकेसन एण्ड माइग्रेसनले प्रायोजन गरेको यस चलचीत्रका  अघिल्ला तीन सिरिजहरू दर्शकहरूले मन पराइसकेका छन् । कबड्डी-४ को यो सिरिज पनि दर्शकहरू माझ चासो र प्रतीक्षाको चलचित्र बनिसकेको छ । 

दयाहाङ राई, सौगात मल्लले मूख्यतया अभिनय गर्दै आएको रोचक सिने शृंखलामा योपल्ट मिरुना मगर नायिकाका रूपमा प्रवेश गरेकी छन् । रिस्मा गुरुङले गर्दै आएको भूमिका उनले पाएकी हुन् ।

कबड्डी ४ मा  बुध्दि तामाङ, बिजय बराल, कमलमणि नेपाल, कविता आले, गौमाया गुरुङ, उपेन्द्र सुब्बा लगायतको भूमिका रहेको छ ।

1st show May 27th Friday ✅
https://www.neplayevent.com.au/product/kabaddi-4-chinatowncinema-may27/

2nd May 28th Saturday ✅
https://www.neplayevent.com.au/product/kabaddi-4-the-final-match-melbourne-2nd-show-28-may/

3rd May 29th Sunday ✅
https://www.neplayevent.com.au/product/kabaddi-4-the-final-match-melbourne-3rd-show-28-may/

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal