eNepal

११ औं न्याभ बहुसांस्कृतिक गल्फ प्रतियोगिता सम्पन्न (फोटो फिचर)

नेप्लिज एसोसीयसन अफ भिक्टोरियाले गएको १ मेका दिन बिगत एक दशकदेखी आयोजना गर्दै आएको बहुसांस्कृतिक गल्फ प्रतियोगिता सम्पन्न गरेको छ।यारा बेन्ड पब्लिक गल्फ कोर्स मेल्बर्न फेयरफिल्ड भएको बहुसांस्कृतिक गल्फ प्रतियोगितामा बहुसांस्कृतिक समुदायबाट उल्लेख्य सहभागिता रहेको थियो।

प्रतियोगितामा हार्वेस्ट गल्फरमा राज श्रेष्ठ, नियरेस्ट टु पिनमा शाक्य, लंगेस्ट ड्राइभमा किशोर राई, ग्रस विनरमा लबी पोला, ह्याण्डिक्याप विजेतामा शाक्य, ह्याण्डिक्याप दोस्रोमा ड्यान किङ्ग बो, ह्याण्डिक्याप तेस्रोमा नारायण गैरे र ह्याण्डीक्याप रोविङ्ग कपमा शाक्यले उपाधि हासिल गरेका थिए।

प्रतियोगिताको व्यवस्थापन तथा संयोजन न्याभका सल्लाहकार एबम् वरिष्ठ सामुदायिक अगुवा जोग लिम्बु र न्याभका पूर्व अध्यक्ष बम योञ्जनले गर्नुभएको थियो।

प्रतियोगिताको प्रमुख अतिथीमा मोरल्याण्डका पूर्व काउन्सिलर ओस्करको उपस्थिती रहेको थियो भने केही बहुसांस्कृतिक खेलाडीहरूले प्रतियोगितामा सहभागिता जनाएका थिए।

न्याभका वर्तमान अध्यक्ष राम गुरुङले प्रतियोगितालाई सफल बनाउन सहयोग गर्ने प्रायोजक संस्था, संयोजक समिति, खेलाडी, स्वयंसेवक लगायत सम्पूर्ण व्यक्तित्वहरुप्रति आभार व्यक्त गर्नुभयो। 

प्रतियोगितालाई ग्रेस इन्टरनेशनलले मूख्य प्रायोजन गरेको थियो भने एमके रियल्टि रियल स्टेट प्लाटिनम प्रायोजकका रुपमा रहेको थियो।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal