बिगत २००८ देखि गैर आवासीय नेपाली संघ अस्ट्रेलीयाले सुरु गरेको नेपाल महोत्सवको लहरले पुनः भिक्टोरीया तातियको छ।गएको शनिवार मेल्वर्नको कोबर्गमा अवस्थित एक क्याफेमा नेपाल महोत्सव २०२२ को मिती घोषणा एबम् सामुदायिक छलफल तथा अन्तरक्रिया कार्यक्रम मार्फत नेपाल महोत्सवको मिति घोषणा गरिएको हो।
आगामी १० सेप्टेम्बरका दिन मेल्वर्नको मुटु फेडरेसन स्कायरमा नेपाल महोत्सव २०२२ हुने पक्का भएको छ।
कार्यक्रममा बोल्दै एनआरएनए भिक्टोरीया कोअडीनेटर एबम् नेपाल महोत्सव २०२२ का संयोजक हरी खड्काले नेपाल फेस्टिवलको ढाँचा, योजना तथा व्यवस्थापन कार्यमा समुदाएको साथ र सहयोगको लागि आग्रह गर्नु भएको थियो। नेपाल फेष्टिभललाई मौलिक, भिन्न र अविस्मरणीय बनाउन के गर्न सकिन्छ भन्ने बारे सुझाव माग्नका लागि कार्यक्रम आयोजना गरिएको थियो।

कार्यक्रममा कार्यक्रममा एनआरएनका उपाध्यक्ष दुर्गा आचार्य, उप महासचिव नारायण काफ्ले, नेप्लीज एशोसिएसन अफ भिक्टोरियाका अध्यक्ष राम गुरुंग, अष्ट्रेलियन नेप्लीज मल्टिकल्चरल सेन्टरका अध्यक्ष राजेश आचार्य, एनआरएनए भिक्टोरीयाका पदाधिकारीहरु लगायत विभिन्न संघसंस्थाका प्रतिनिधि, सामुदायिक अगुवाहरुको उपस्थिती रहको थियो।प्रतिनिधीहरुले नेपाल महोत्सवलाई कसरी भव्य अनि सभ्य बनाउन सकिन्छ भन्ने बारे सल्लाह-सुझाव दिएका थिए।

अष्ट्रेलियामा नेपाली भाषा, कला तथा संस्कृतिको प्रबर्द्धनसंगै नेपालको पर्यटन विकासमा सहयोग पुर्याउने उद्देश्यले आयोजना हुँदै गरेको नेपाल फेस्टिवल २०२२ लाई सहभागितामूलक, व्यवस्थित र सफल बनाउनका लागि भिक्टोरियावासी सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनीहरुको साथ अपरिहार्य रहेको बताउनु भयो।

नेपाल फेस्टिवल २०२२ का लागि बुद्धिजीवी, संघसंस्था, व्यवसायी, क्लब, विद्यार्थी लगायत सम्पूर्ण भिक्टोरियावासीलाई एनआरएनए भिक्टोरियासंग हातेमालो गर्नुहुन समेत अनुरोध गरिएको थियो।

