eNepal

मेल्बर्नका बालबालीकाले चित्रकला मार्फत यसकी साटे कोभीड १९ अनुभव

दिदीबहिनी समाज भिक्टोरीयाले गएको २३ अप्रिलमा कोबर्ग लेक पार्क, नर्थ कोबर्ग भिक्टोरियामा FECCA को सानो अनुदान सहयोगमा बालबालिकाहरुलाई सहभागीता जनाउँदै चित्रकला गतिविधि कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रममा ५ देखि ११ वर्ष उमेर समुहका ४५ बालबालिका सहित उनीहरुका अभिभावकहरुलाई कोभिड १९ र यसको खोप बारे सचेतना बढाउन यो कार्यक्रम सञ्चालन गरिएको हो । 

करिब १०० जनाले सहभागिता जनाएका यस कार्यक्रमको मुख्य उद्देश्य कोविड १९ ले बाल मनस्थितीमा कसरी प्रभाव पारेको छ भन्ने कुरालाई चित्रकला मार्फत प्रस्फुटन गर्ने रहेको थियो।

अधिकांश बालबालिकालाई कोभिड १९ भाइरस, यसका लक्षण, हातको सरसफाई र मास्कको आधारभूत ज्ञान रहेको पाइयो भने केहीले आफ्नो चित्रमा कोभिड १९ खोपको चित्रण पनि गरेका थिए। एक सहभागीले चित्रकला मार्फत घरमा पढाइ गर्न र त्यसपछि मास्क लगाएर स्कूल जाँदा यो खोल्न कत्ति गाह्रो थियो भनेर वर्णन गरेकी थिइन्। 

कार्यक्रममा बालबालीकाहरूले एक बल थमाउँदै यो कोभिड १९ भाइरस हो भनी ठानेर स्पाइकी बलको साथ हट पोटेटो नामक खेल खेलाईएको थियो। सबै बालबालीकाहरुले सक्रियरुपमा सहभागीता जनाएका थिए।विजेताहरूलाई उनीहरूको प्रोत्साहन र सक्रिय सहभागिताका लागि केही उपहारहरू प्रदान गरियो।

सोही अवसरमा कार्यक्रम संयोजक रीता लामिछानेले र्‍याट टेस्टिङ परीक्षण गर्ने सही तरिका, त्यसको समय र परीक्षण पोजेटिभ देखिएमा रिपोर्टिङ कसरी गर्न बारे जानकारी गराउनु भयो। DPV स्वास्थ्यबाट इम्युनिजर र कोभीड १९ खोपकर्ता कमला होमगाईन ले विशेष गरी बच्चाहरूको लागि कोभीड खोपको दोस्रो र बूस्टर डोज, खोप साइटहरू र बुकिंग, सानो साइड इफेक्टहरू व्यवस्थापन र प्रतिकूल घटनाहरूको रिपोर्ट गर्ने बारे जानकारी प्रदान गर्नुभयको थियो भने खोप सम्बन्धि अभिभावकहरुले उठाएका प्रश्नहरुको पनि सम्बोधन समेत गर्नु भयो।

समग्रमा समुदायका मानिसहरूलाई कोभीड १९ खोपको राम्रो बुझाइ छ भनी सुनिश्चित गर्न आयोजना गरिएको कार्यक्रम अत्यधिक प्रभावकारी रह्यो। विशेष गरी बच्चाहरूको उल्लेख्य सहभागीता देखेर आयोजक धेरै उत्साहित थिए किनभने यो उमेर समूहका बालबालिकाहरूमा केन्द्रित योनै एक मात्र कार्यक्रम थियो जहाँ उनीहरुले खेल्न, हाँस्न, दौडन, शिक्षा दिन र आफ्ना अनुभवहरू साझा गर्ने उपयुक्त ठाउँ पाएका थिए। 

कार्यक्रमा सहभागी एक अभिभावकले यस्ता खालको कला गतिविधि सम्बन्धित कार्यक्रम आयोजना गरीएको दिदीबहिनी समाजलाई  धन्यवाद दिदै आफ्नी छोरीले यस कला कार्यक्रममा भाग लिन पाउँदा धेरै खुसी भएको बताउनु भयो। कलाको माध्यमबाट आफ्नो अनुभव साट्ने अनि देखाउने यस्तो विचारशील पहलको मुक्तकण्ठले प्रशंसा गर्नु भयो। सुरुमा त  मैले यो बच्चाहरूको सामान्य गतिविधि मात्र हो भन्ने सोचेको थिएँ, तर केटाकेटी धेरै रचनात्मक र प्रतिभाशाली रहेछन् जुन कलाको माध्यमबाट आफ्नो भावनालाई रूपान्तरण गर्न सक्षम रहेको बताउनु भयो। धेरैजसो अभिभावकहरू आफ्ना बालबालिकाको सक्रिय सहभागिता देखेर अनि शिक्षा र चेतनाका साथसाथै उनीहरूको कला देख्दा दङ्ग हुनुहुन्थ्यो।

साथै आगामी जुन ४ मा दिदीबहिनी समाजले बालबालीकाहरुको लागि हाजीरी जवाफ प्रतियोगिता आयोजना गर्ने भएको छ। थप जानकारीको लागि तलको पोस्टरमा हेर्न सक्नुहुनेछ।

 

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal