eNepal

न्याभले कोभिड–१९ खोप प्रोत्साहन कार्यक्रम सञ्चालन गर्दै

भिक्टोरियामा बसोबास गर्ने नेपालीहरूलाई खोप लगाउन प्रोत्साहित गर्ने र जोखिममा परेका मानिसहरूलाई सुरक्षित बनाउने उद्देश्यले भिक्टोरिया सरकारको सहयोगमा नेपाल एसोसिएसन अफ भिक्टोरियाले मेल्बर्नमा रहेका विभिन्न नेपाली संघसंस्थाहरूसँगको सहकार्यमा कोभिड–१९ खोप प्रोत्साहन कार्यक्रम सञ्चालन गर्दै आएको छ । 

यसै क्रममा गएको ३० अप्रिल २०२२ मा डोरेन मरेण्डा नेपाली समुदायसँगको सहकार्यमा दोस्रो कार्यक्रम सम्पन्न गरेको छ। उक्त कार्यक्रममा ६ वर्षभन्दा माथिका २५ बालबालिकासहित ४० भन्दा बढीको सहभागी रहेको थियो।

 

डोरेन मरेण्डा नेपाली समुदायको कार्यक्रमलाई अध्यक्ष गोपाल काफ्लेले अध्यक्षता गर्नुभएको थियो भने कार्यक्रमको संयोजक तथा न्याभका उपाध्यक्ष प्रेमराज उप्रेतीले कार्यक्रमको महत्वबारे प्रकाश पार्नु भएको थियो। 

त्यस्तै डा. सन्देश पन्थले कोभिड १९ खोप प्रोत्साहन सत्र प्रस्तुत गरेका थिए भने न्याभका कार्यकारिणी सदस्य हेमराज चालिसेले कार्यक्रमलाई प्रस्तुत गरेका थिए। 

कार्यकारिणी सदस्य एवम् कार्यक्रम संयोजक सदस्य कृष्ण चालिसेले धन्यवाद ज्ञापन गर्दै न्याभका आगामी कार्यक्रमहरूको बारेमा संक्षिप्त जानकारी दिनुभयो भने  डिपीभी हेल्थका तर्फबाट सुरज पाठक र सन्तोष राजवंशीले पनि सहभागीहरुलाई र्याट किट वितरण गर्नु भएको थियो ।

त्यस्तै केसी नेपाली समाज भिक्टोरियासँगको सहकार्यमा १ मेमा तेस्रो कार्यक्रम सम्पन्न गरेको छ। उक्त कार्यक्रममा ६ वर्षभन्दा माथिका ४ बालबालिकासहित २५ जनाभन्दा बढी सहभागी थिए । कार्यक्रमलाई सीएनएसका अध्यक्ष लालप्रसाद कँडेलले सहभागीहरुलाई स्वागत गर्नुभएको थियो ।

कार्यक्रमको संयोजक तथा एनएभी उपाध्यक्ष प्रेमराज उप्रेतीले कार्यक्रमको महत्वबारे प्रकाश पारेका थिए । भिएमसीका सल्लाहाकार एबम् आरएमआईटीका सहायक प्रोफेसर डा राजु अधिकारीले कोभिड १९ खोप प्रोत्साहन सत्र प्रस्तुत गर्नुभयएको थियो भने न्याभका कोषाध्यक्ष डा.याकिन्द्र तिमिल्सेनाले सहजीकरणको भुमीका निभाउदै सहभागीहरुलाई धन्यवाद दिनु भएको थियो।

लालप्रसाद कँडेलले खोपको प्रभावकारितामा धेरै अनिश्चितताहरूको प्रकाशमा पूर्वी क्षेत्रमा बसोबास गर्ने नेपाली डायस्पोरामा घटनाहरूको महत्त्वबारे जानकारी गराउनु भयो।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal