eNepal

मेल्बर्नमा ग्लोबल ईन्टरफेस टि टेन च्याम्पियनसिप हुँदै, जित्नेलाई तीन हजार डलर पुरस्कार

भिक्टोरीयन नेप्लिज क्रिकेट एसोसीएसनको आयोजनामा यहि अप्रीलको २३ र २४ मा ग्लोबल ईन्टरफेस टि टेन च्याम्पियनसिपको चौथो सँस्करण हुने भएको छ।

माभेन क्रिकेट क्लब, ब्राइटन युनाइटेड क्लब, सुदूर पश्चिम क्रिकेट क्लब, ग्लोबल इन्टरफेस क्रिकेट क्लब र सगरमाथा एक्सपर्ट क्लब टिम बि गरेर हाल सम्म पाँच टिमले खेल्ने पक्कापक्की भइ सकेको छ भने खेलाडीको अभावका कारण जनाउँदै रोयल राइनोज क्रिकेट क्लब, द हिमालयन क्लब, गोर्खाली क्रिकेट क्लब, नारे किंग क्रिकेट क्लब र एभरेष्ट लायन क्रिकेट क्लबले यो बर्ष सहभाीता नजनाउने पक्का भएको आयोजक भिएनसीएका अध्यक्ष सुजीत बस्नेतले जानकारी गराउनु भयो।

गएको बर्ष द हिमालयन क्लब जाइन्ट्स, द हिमालयन क्लब टाईटन्स, ग्लोबल इन्टरफेस क्रिकेट क्लब, मेभन क्रिकेट क्लब, एक्सपर्ट सगरमाथा ब्लुज स्टार , एक्सपर्ट सगरमाथा ब्लुज रेनीग्रेड्स ,रोयल राइनोज क्रिकेट क्लब, रोयल राइनोज वेरियर्स गरेर आठ टिमले सहभागीता जनाएका थिए।

प्रतियोगिता बोइङ रिजर्भ स्ट्राथमोर हाइट्समा हुने छ भने प्रतियोगीताका विजेतालाई तीन हजार अस्ट्रेलियन डलर र दोस्रो हुनेलाई पाँच सय डलर तथा ट्रफी प्रदान गरिने छ।

प्रतयोगीतालाई ग्लोबल इन्टरफेस एजुकेसन एणड भिषा सर्भिसेजले मुख्य प्रायोजन गरेको छ भने बेटर चोईस, मरिना जोसी लयर्स, आइस्टेट रियल एजेन्ट्स, एइसीसी ग्लोबल, डेस्टीनी होम्स, एभरेस्ट ड्राइभिङ सेन्टर, यात्रा द कनेक्सन्, बिओक्यु वेरेबी, डेस्टिनी लिभीङ, काठमाण्डौ कटेज लगाएतको सहयोग रहेको छ।

क्रिकेट भिक्टोरीया, एनआरएनए, नेपाली जनसम्पर्क समिती अस्ट्रेलीया, नेप्लिज एसोसियसन अफ भिक्टोरीया, सोलाङ्चर र एभरेस्ट युनाइटेड क्लबको समर्थन रहेको यस प्रतियोगितालाई भव्य रुपमा सफल बनाउन सम्पुर्ण खेलप्रेमी भिक्टोरीयाबासीलाई उपस्थितीका लागि भिएनसीएका क्रिकेट कोअडीनेटर सवीन अधिकारीले आग्रह गर्नु भएको छ।

भिएनसीएको स्थापना केही बर्ष पहिले भिक्टोरीयाको नेपाली समुदाएमा क्रिकेट लगाएत अन्य खेलहरुलाई समृद्ध तुल्याउने दृस्टीकोण सहित संस्थाको विकास गर्न र युवा र उदयमान खेलाडीहरूलाई उचीत अबसर दिने हेतुले खोलिएको सँस्था हो।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal