eNepal

हिमालयन फेस्टिभ कप सम्पन्न, उपाधी साउथ क्यानबेरा नेप्लिज युएफसीको पोल्टामा

रोयल नेप्लिज क्यानवेरा एफ.सि द्वारा आयोजित हिमालय फेस्टिभ कपको दोस्रो संस्करणको उपाधी सम्पन्न भएको छ।क्यानवेराको नेपाल युनाईटेट एफ.सिलाई हराउँदै साउथ क्यानवेरा नेप्लिज युनाईटेट एफ.सि ले उपाधी जित्न सफल भएको हो। बिजेता टिमले $२००० र उपबिजेता टिमले $१००० पुरस्कार स्वरूप पाएका छन्!

प्रतियोगीताको उत्कृष्ट खेलाडि कुईन्वेन नेप्लिज युनाईटेट ए.सिबाट शुसान्त श्रेष्ठ र धेरै गोल हान्ने खेलाडिमा थ्री स्टार एफ.सि अल्वरिबाट रमेश बस्नेत बन्न सफल भए भने उत्कृष्ट गोल किपर बिजेता टिमबाट सुनिल थापाले हात पारे। 

कार्यक्रमको प्रमुख अथितिमा अस्ट्रेलियाका लागि बर्तमान का.बा राजदुत कुल बाहादुर मगर लगाएत जन सम्पर्क समिती क्यानबेरा का अध्यक्ष ललीत मल्लको उपस्थिती रहेको थियो। त्यस्तै अन्य कार्यालयका पदाधिकारिहरु लगाएत  क्लवका मुख्य प्रायोजक रहेको हिमालय बिज्नेस गुर्पका प्रमुख प्रवीन भण्डारी, अजी फाइनान्स एण्ड होम लोन तर्फबाट राजकुमार केसी र गोपाल वोली, समाजसेवी समेत रहनु भएका राजन ढु़ंगेलको उपस्थिती रहेको थियो।

क्लबका बर्तमान अध्यक्ष शुसिल पोख्रेल, क्लवका उपाध्यक्ष दिनेश खड्का ( जेनिथ) साथै कल्बका कार्यवाहक समितिका सदस्यहरु शैलेन क्षेत्री, सक्क्षम, गौरभ, प्रकाश, आयुष, नवीन, राघब, इन्द्र, अनचित,भाग्य, कृष्ण,संगम,सुधीर लगाएत सम्पूर्ण रोयल सेतो र निलो परिवारको उपस्थिती रहेको थियो। प्रतियोगीतामा अन्य क्लवका सदस्य, दर्शकदीर्घाहरुको बाक्लो उपस्थिति रहेको थियो।क्यामरामा गौरभ र निकिता भट्टराईले साथ दिएका थिए। 

सहयोगी संस्थाहरुमा गोल्डन स्पुन इभेन्ट्स सेन्टर, भारत इन्टरनेशनल, कोकोन एजुकेशन, नर्स एड, ग्रेस इन्टरनेशनल, क्यापिटल ड्राइभिङ, लुम्बिनी ग्रोसरी, एजे कम्प्लिट सोलुसन, काठमाडौं अटोमोबाइल्स, गुडवे एजुकेशन, जेमीसन टेकवे र ओसेक एजुकेशन सहयोग र मायाले नै कार्यक्रम सफल भएको क्लवका अध्यक्ष शुसिल पोख्रेलले जानकारि दिनु भयो!

गएको बर्ष भन्दा यो बर्ष धेरै टिम समाबेस गरिएको र खेल सहजरुपमा नै सम्पन्न भएको बताउँदै अध्यक्ष पोखरेलले क्लवका सम्पूर्ण सदस्यको साथ र सहयोगले कार्यक्रम सफल भएको बताउनु भयो।

साथै यसै गरि यहि बर्षको अन्ततिर ३ महिनासम्म चल्ने गरि क्यानबेरा मै पहिलो पटक रोयल रिजिनल लिग गराउन लागिएको र कति टिम समावेस गराउने भन्ने बारे अझै क्लवको कार्य समितिबाट निचोट नआएको र यसको मोटामोटी काम भने सम्पन्न भई सकेको कल्वका बर्तमान अध्यक्ष शुसिल पोख्रेल र उपाध्यक्ष दिनेश खड्काले हामीलाई जानकारी दिनु भयो।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal