eNepal

सरकारद्वारा बीस मुलुकमा राजदूत सिफारिस, अस्ट्रेलियाका लागि कैलाश पोखरेल

सरकारले विभिन्न बीस मुलुकमा राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ। मन्त्रिपरिषद्को बिहीबार साँझ बसेको बैठकले १२ जना राजनीतिक दलको कोटाबाट र आठ जना परराष्ट्र सेवाबाट राजदूतमा सिफारिस गरेको हो।

मन्त्रिपरिषद्का एक सदस्यका अनुसार राजनीतिक दलबाट राजदूत सिफारिस भएकामा विष्णुपुकार श्रेष्ठ (चीन), दानबहादुर तामाङ (दक्षिण अफ्रिका), शर्मिला पराजुली ढकाल (स्पेन), बासुदेव मिश्र (श्रीलंका), मिलन तुलाधर ( रुस), कैलाश पोखरेल (अस्ट्रेलिया), डिल्लीराज पौडेल (मलेसिया), शान्ता रिजाल (इजरायल), ज्योति प्याकुरेल (दक्षिण कोरिया), प्रा.डा रामसुरज राय यादव (डेनमार्क), नवराज सुवेदी (साउदी अरब) र नरेशविक्रम ढकाल छन्।

परराष्ट्र समूहबाट राजदूतमा सिफारिस हुनेमा घनश्याम भण्डारी (ब‌ंगलादेश), हरिशचन्द्र घिमिरे, तीर्थराज वाग्ले, डोरनाथ अर्याल (ओमान), सुशीलकुमार लम्साल (इजिप्ट), भरतकुमार रेग्मी (अस्ट्रिया), निर्मलराज काफ्ले (ब्राजिल) र दुर्गाबहादुर सुवेदी (जापान) छन्।

सिफारिस भएकामध्ये आठ जना परराष्ट्र सेवाका सहसचिव छन् । बाँकी १२ जनालाई राजनीतिक नियुक्तिका आधारमा सिफारिस गरिएको छ । राजदूत नियुक्तिको सिफारिसमा नेकपा एसको कोटामा सो पार्टीका अध्यक्ष माधवकुमार नेपालका बहिनी ज्वाइँ कैलाश पोखरेलदेखि ओली सरकारको नियुक्तिका कारण फिर्ता भएकी शर्मिला पराजुली ढकालसमेत परेकी छन् । 

परराष्ट्र सेवाबाट सहसचिव दुर्गाबहादुर सुवेदी, घनश्याम भण्डारी, हरिशचन्द्र घिमिरे, तीर्थराज वाग्ले, डोरनाथ अर्याल, भरतकुमार रेग्मी र निर्मलराज काफ्लेको सिफारिस भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ । 

सरकारले सिफारिस गरेको नाम संसदीय सुनुवाईबाट अनुमोदन भएपछि राष्ट्रपतिमार्फत राजदूतका रुपमा नियुक्त गर्ने संबैधानिक व्यवस्था रहेको छ ।अष्ट्रेलियाको हकमा नेपाली राजदूत नियुक्त भएर आउनेले एसिया प्रशान्त क्षेत्रका फिजी, पपुवा न्यूगिनि र न्युजिल्याण्डको राजदूतको भुमिका समेत निभाउनु पर्ने हुन्छ।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal