eNepal

नेपाली सोसाइटी अफ तास्मनियाले नेपाली नयाँ बर्षको अवसर पारेर भव्य कार्यक्रम गर्दै

नेपाली नयाँ बर्ष २०७९ लाई हर्षोलासका स्वागत गर्ने हेतुले नेपाली सोसाइटी तास्मनियाले बिशेष कार्यक्रमको आयोजना गर्ने भएको छ। 

नयाँ वर्ष २०७९ को विशेष कार्यक्रम आगामी आइतबार अर्थात् अप्रिल १० तारिखका दिन बेलुकी ४ बजे देखि १० बजे सम्म तास्मनियाको मुनाह आर्ट्स सेन्टरमा हुने भएको छ। 

कार्यक्रममा १२ वर्ष मुनिका बालबालिकाहरुलाई नि:शुल्क प्रवेशको व्यवस्था गरिएको छ भने सो भन्दा माथिकाहरुलाई प्रति व्यक्ति $१० को व्यवस्था गरिएको संस्थाका अध्यक्ष खगेन्द्र सत्यालले जानकारी गराउनु भएको छ। कार्यक्रमलाई थप शोभा बढाउनको लागि कला, नृत्य, संगीत, खाना,पेयपदार्थ जस्ताको व्यवस्था पनि गरिएको छ भने स्वर्णीम, भगवान र सुरजले सङ्युक्त रुपमा प्रत्यक्ष व्यान्डको प्रस्तुती दिने जनाइएको छ।

नेपाली कला, सस्कृति र प्रतिभाको सम्मान तथा प्रवर्दन गर्न नेपाली सोसाइटी तास्मनियाले बिभीन्न साँस्कृतीक कार्यक्रमको अलाबा मानसिक स्वास्थ्य लगाएत अन्य बिभीन्न जानकारी मुलक कार्यक्रम गर्दै आएको छ।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal