eNepal

नेप्लिज नेवरहुड कम्युनिटीको वार्षिक साधारण सभा अप्रील १० गते हुँदै

मेल्वर्नको थोमस्टाउन, लेलौर तथा आसपासका क्षेत्रमा बसोबास गर्दै आएका नेपालीहरुको समाजिक संस्था नेप्लिज नेवरहुड कम्युनिटी (एनएनसीआइ)ले नेपाली नयाँ बर्षको अवसर पारेर वार्षीक साधारण सभा आयोजना गर्ने भएको छ।

समुदायका सदस्यहरू बीच सद्भाव, बहुसांस्कृतिकता र परोपकारको प्रवर्द्धन गर्ने हेतुले सँस्थाले १० अप्रिलको दिन निक एसेन्जो रिजर्भ, थोमास्टाउनमा दिउँसो १२ बजेदेखि ५ बजेसम्म नेपाली नयाँ वर्षको उत्सव मनाउन लागेको हो।

कार्यक्रमको बारे जानकारी दिदै अध्यक्ष अमृता गुरुङले ११ बजेबाट वार्षीक साधारण सभा शुरु हुने  भएकोले सबैलाई समयमानै उपस्थितीको लागि आग्रह गर्नु भएको छ।कार्यक्रममा याक एण्ड यतीले क्याटरीङ गर्दै छ भने बिभीन्न खेलका साथै नाँचगानको कार्यक्रम पनि राखिएको छ।त्यस्तै साना भाईबहिनीहरुको लागि जम्पीङ क्यासल, फेस पेन्टिङका साथै अन्य रमाइला खेलकुदका गतिबिधीहरु रहेका छन्।

नेपालीहरूको उल्लेखनीय बसाइ रहेको यस क्षेत्रमा समाजले बीगत ३ वर्ष देखि बिभिन्न साँस्कृतीक कार्यक्रमहरु लगाएत योग, ध्यान सम्बन्धित कक्षा पनि सञ्चालन गर्दै आएको छ।

त्यसका साथै जमघटका रूपमा फुटबल खेल्ने, आगन्तुक अभिभावकहरू को लागी कोमल व्यायाम, डे टुर, चाडपर्वहरूको कार्यक्रम गरेर आपसी भाइचारा साट्नुका साथै सहयोग र सदभाव बढाउने काम गर्दै आएको छ। एनएनसीआईले थोमास्टोन प्राथमिक विद्यालयमा साना नानीहरुको लागी नेपाली भाषा र नृत्यको कक्षा सँचालन समेत गर्दै आएको छ।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal