अस्ट्रेलीयाको तास्मानिया राज्यमा कारले ठक्कर दिँदा एक नेपाली युवाको मृत्यु भएको छ । काठमाडौं गोदावरी घर भई अष्ट्रेलिया विगत ४ वर्षदेखि बस्दै आएका सुशान्त सिग्देलको मंगलबार दुर्घटनामा परी मृत्यु भएको हो ।
बुधबार दिउँसो २ः३० को समयमा होबार्टको बास हाईवेमा सिग्देलले मोटरसाईकलको लाईसेन्स लिन सिक्दै गरेको अवस्थामा विपरित दिशाबाट आएको कारले उनी सवार मोटरसाइकलाई ठक्कर दिएको थियो । कारले ठक्कर दिँदा सिग्देलको घटनास्थलमा नै मृत्यु भएको एनआरएनए तास्मानिया कोअडीनेटर राकेश शाक्यले जानकारी भयो।
उनको शव हिजो मात्रै कागजी प्रक्रिया पुरा भइ होबार्ट आएको र कोभीड परिक्षण गरे पछि मात्र पोस्टमार्टम गरिने समेत जानकारी गराउनु भयो।
नेपालमा रहनु भएको अभिभावकहरुसँग आफु सम्पर्क रहेको र परिवारले उनको शवलाई नेपालमै दाहसंस्कार गर्ने इच्छा बमोजिम एनआरएनए तास्मानियाले शव नेपाल पठाउन पहल सुरु गरेको छ । शवलाई नेपाल पठाउन इन्सुरेन्स कम्पनीसँग कुरी भई रहेको र के कति खर्च लाग्छ अहिले भनिहाल्ने अवस्था नरहेको बताउनु भयो।अहिलेलाई हामीले १२००० डलर लाग्ने अनुमान गरेका छौ।इन्सुरेन्स कम्पनीबाट खबर आउने बित्तीकै गोफण्डमीको एकाउण्टपनि बन्द गरिने जानकारी भयो।
सन् २०१८ मा अष्ट्रेलियाको मेलबर्नमा आएका सिग्देलले मेलबर्नको फेडरेसन युनिभर्सिटीबाट एकाउन्टींग गरेका थिए । मेलबर्नमा एकाउन्टको पढाईबाट पीआरको सम्भावना नदेखेपछि उनी सन् २०२० मा तास्मानिया गएका थिए ।
सहयोगको लागि यो लिङकमा क्लिक गर्नु होला
https://www.gofundme.com/f/help-to-repatriate-late-sashant-sigdel?utm_campaign=p_lico+share-sheet&utm_medium=copy_link&utm_source=customer

