eNepal

“म भित्रको म” नामक आत्मवृतान्तको बिमोचन मेल्बर्नमा हुँदै

आउँदो अप्रील ३ तारिखका दिन “म भित्रको म” नामक आत्मवृतान्त पुस्तकको बिमोचन मेल्बर्नमा गरिने भएको छ। मेल्बर्नको 31 Cleveland Drive, Cragieburn मा अपरान्ह ४ः४५ देखी ५ः३० सम्म आयोजना हुन लागेको बिमोचन कार्यक्रममा भिक्टोरीया निवासी सम्पुर्ण साहित्य प्रेमी स्रस्टा एबम् सर्जकलाई आमन्त्रण गरिएको छ।

यो आत्मवृतान्त शात्तलाल मुल्मीले लेख्नु भएको हो।उहाँ नेपालका प्रतिस्ठीत सामाजिक र मानव अधिकारका अभियन्ताका रुप चिरपरिचित हुनु हुन्छ।वहाँको बिगतको चार दशक भन्दा बढी नेपालका गैर सरकारी संस्थाहरुको संगठन, बिकास र बिस्तारमा गरिएको योगदानको सराहना गरिएको छ।

मुल्मीले ८० को दशकमा बेलायतको दातृसंस्था OXFAM को नेपाल स्थित प्रतिनीधीको रुपमा समेत काम गर्नुका साथै गैर सरकारी संस्था महासंघ स्थापनामा महत्वपुर्ण योगदान दिनु भएको छ।

वहाँले यस महासंघको महासचीवमा रही एक दशक सम्म संस्थाको विकास मात्र नभएर यसको स्वतन्त्रता र स्वायत्तताका लागि सशक्त आवाज उठाइ रहनु भयो।आज यो महासंघ देशका ८ हजार बन्दा बढी संस्थाहरुको छाता संगठन भएको छ।

उहाँले सूर्ती नियन्त्रण लागि दिनु भएको योगदानको कदर स्वरुप विश्व स्वास्थ्य संगठनले अन्तररास्ट्रिए पुरस्कार पाउने नेपालको दोश्रो व्यक्ति हुन सफल हुनु भएको छ। 

हाल उहाँ बिभीन्न संघसंस्था आबद्द रही नेपाल सरकारको सामाजिक सेवा परिषदको सल्लाहाकार भइ आफ्नो क्षेत्रमा क्रियाशिल हुनु हुन्छ।

यो पुस्तक उहाँले हाल सम्म गर्नुभएको आफ्नो जिवनको ७८ वर्षको अनुभव यात्रामा अनुभुत गरेका दुख, सिकाई तथा योगदानको दस्ताबेजको रुपमा पाठक समक्ष प्रस्तुत गरिएको छ।

यस अघि यो पुस्तकको बिमोचन सर्वोच्च अदालतका पुर्व प्रधानन्यायधिस कल्याण श्रेष्ठबाट कार्तिक २९ गते काठमाण्डौमा गरि सकिएको छ।

 

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal