eNepal

खेलकुदको माध्यमबाट समुदायलाई एकताबद्ध गर्नु हाम्रो दायीत्व हो: सन्तोष कर्ण

डाँफे कन्सल्टिङ एजुकेसन/माइग्रेसनको मुख्य प्रायोजनमा मेल्बर्नमा दोश्रो एनआरएनए भिक्टोरीया फुटसल प्रतियोगिता आयोजना हुँदैछ।यहि आउँदो २७ मार्च २०२२ मा आरएमआईटी स्पोर्टस सेन्टर, 203 Mckimmies Road, Bundoora, Vic मा हुने प्रतियोगिताको लागि २४ टिमले प्रतिस्पर्धा गर्दैछन्।

खेलकुदको माध्यमबाट समुदायलाई एकताबद्ध गर्ने र त्यस्ता कार्यक्रमहरू मार्फत समुदायप्रतिको दायित्व पूरा गर्ने अबसरको रुपमा एनआरएनए भिक्टोरीया फुटसल कार्यक्रमलाई प्रायोजन गरेको फुटसल प्रतियोगिताको मुख्य प्रायोजक डाँफे कन्सल्टेन्सी मेलबर्नका डाइरेक्टर तथा रजिस्टर्ड माइग्रेसन एजेण्ट सन्तोष कर्णले बताउनु भयो।

उहाँले भन्नु भयो – एनआरएनए भिक्टोरीयाको पहलमा हुन लागेको यस कार्यक्रममा सबै समुदायका सदस्यहरू र खेल प्रेमीहरूले उपस्थितिको अपेक्षा राखेका छौ।

यस पटक सैनीक टीम, चन्द्रसूर्य फुटबल क्लव, युनाईटेड फुटवल क्लव ए र बी, क्रेगीवन ब्रिगेड सकर क्लव ए र बी, गुल्मी टाइगर्स ए र बी, बेन्डीगो नेप्लिज फुटवल क्लव, हिमालयन फुटवल क्लव रातो, निलो र सेतो, हिमालयन टाइगर ए र बी, कन्डेल कन्सल्टेन्सी यती एफसी, ब्लुबेरी यती एफसी, सारथी यती एफसी, काठमाणडौ कटेज यती एफसी, रोयल वेस्टर्न क्लव ए र बी, रोयल फुटवल क्लव ए र बी र जीपी फुटवलले प्रतिस्पर्धा गर्दैछन्।

खेलको तालीका र अन्य बिस्तृत जानकारी भोली आयोजना हुन लागेको प्रेस भेला पछि बताउने प्रतियोगीताका संयोजक विजय दाहालले बताउनु भयो।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal