eNepal

मधेसी समुदाए र नेपाली व्यवसायीहरुले संयुक्त आयोजना गरेको होली भव्यताका साथ सम्पन्न

भिक्टोरीयाको मधेसी समुदाय र मेल्बर्नका नेपाली व्यवसायीले सङ्युक्त रुपमा होली पर्व मनाएको छ। गीत-संगीत, नाँच-गान, रङ्ग साटासाट र बार्बेक्युको साथमा मेल्बर्नको कोबर्गमा रहेको कोबर्ग लेकमा उल्लास-पूर्वक होली पर्ब मनाएको छ। 

 

उक्त समारोहमा राजनीतिज्ञ एवम् अष्ट्रेलियाली प्रतिनिधि सभामा विल्सका लागि श्रमिक सदस्य पिटर खलील, भिक्टोरियाका लागि नेपालका तर्फबाट अबैतानिक महाबाणिजयदुत चन्द्र योन्जोन र उहाँको धर्मपत्नी लक्ष्मी योन्जन, एनआरएनए भिक्टोरीया कोअडीनेटर हरी खड्का, न्याभका अध्यक्ष राम गुरुङ, बिजनेस एसोसियसन अफ भिक्टोरीयाका अध्यक्ष पवन शाह, एएनएमसीका कोषाध्यक्ष अर्जुन ढकाल, एनआरएनए युथ कोअडीनेटर ववीन मिश्र, एनआरएनए आईसीसी सदस्य प्रेम कँडेल लगाएत भिक्टोरीयाका बिभीन्न क्षेत्रमा रहेका सामाजीक संघसँस्थाका प्रतिनीधिहरुको उपस्थिती रहेको थियो।कार्यक्रमलाई एमसीभीका अध्यक्ष डा. सुरेन्द्र रौनियारले सन्चालन गर्नु भएको थियो। सोही अवसरमा उपस्थित सबै विशिष्ट अतिथि र सहभागीहरूलाई धन्यवाद दिँदै सबैलाई होलीको शुभकामना व्यक्त गर्नु भएको थियो।

भिडीयोको लागि यहाँ क्लिक गर्नु होला

पारिवारीक माहौलमा बिशेष गरेर बिधार्थी भाईबहिनीहरुलाई लक्षीत गरेर आयोजना गरिएको होली कार्यक्रममा बिधार्थी भाईबहिनीहरुको बाक्लो उपस्थिती रहेको थियो भने उनीहरुले रङ्ग खेल्दै नाँचेर भर्पूर मनोरन्जन लिएका थिए।होली पर्वमा मधेसमा खाईने बिशेष परिकारको व्यबस्था गरिएको थियो।

असत्यमाथि सत्यको जित, आपसी सद्भाव र सामाजिक एकताको सन्देश पस्किने पर्व होलीलाई उत्साहका साथ मनाउन मेल्बर्नका नेपाली व्यवसायीहरु एकै ठाउँमा जम्मा भएर हर्षोल्लासका साथ मनाउन जुटेका हुन्। यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने आयोजक मध्यका एक सोल्भ एजुकेसनका डाईरेक्टर एवम् एनआरएनए अस्ट्रेलीयाका युथ कोअडीनेटर ववीन मिश्रले  जानकारी गराउनु भयो।बिधार्थी भाईबहिनीहरु पढाई कामको थकानले तनाब भईरहेको बेला यस्ता कार्यक्रमको आयोजना गर्दा नयाँ साथीभाई बनाउने, आफ्ना अनुभवहरु साटासाट गर्ने अवसर मिल्ने र भोलीका दिनमा आईपर्ने समस्याहरु कसरी समाधान गर्न सकिन्छ भन्ने राय सल्लाह मिल्ने  अवसरको रुपमा लिएको बताउनु भयो।

कार्यक्रमलाई सफल बनाउन एमसीभी, सोल्भ एजुकेशन, मुस्ताङ प्यालेस लगाएत मेल्बर्नका अन्य व्यबसायहरुको सहयोग र भिक्टोरीया मल्टीकल्चरल कमिसनको अनुदान सहयोग रहेको थियो।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal