eNepal

क्यानबेरा र क्विनबियनका नेपालीले भब्यरूपमा मनाए होली

सागर भुर्तेल, क्यान्बेरा

कोरोनाका कारण बिगत दुई बर्षदेखी कुनै पनि कार्यक्रमको आयोजना नभैरहेको अबस्थामा मार्च १८ मा रङहरुको पर्व होली अर्थात् फागु पूर्णिमा क्विनबियनको सेन्ट्रल पार्कमा भब्यताका साथ् सम्पन्न भएको छ। कार्यक्रममा अस्ट्रेलियाको राजधानी क्यानबेरा र संगै जोडीएको एनएसडब्लु राज्यको क्विनबियनमा रहेका नेपालीहरुको बाक्लो उपस्थिति रहेको थियो। साथै कार्यक्रममा QPRC Mayor Kenrick Winchester QPRC Councillor Bryce Wilson Former MLA Canberra Deepak Raj Gupta र Canberra indian community उपस्थित रहेको थियो।

ग्रेस इन्टरनेसनल र काठमाडौं अटोमोवाइल्सको संयुक्त प्रायोजनमा भएको होलि कार्यक्रममा सिड्नीबाट आएका नेपाली चर्चित गाएक समीर आचार्यले दर्शकहरुलाई भरपुर मनोरंजन दिएका थिए । त्यस्तै स्थानिय कलाकार डिजे सरोज र डिजे वाइजी सहित अन्य कलाकारको प्रस्तुतिले कार्यक्रमको रौनक बढाएको थियो।

विदेशमा आएर पनि हामी नेपाली कला सस्कृति चाडबाडलाइ भुल्न सक्दैनौ र आगामी दिनमा हाम्रो सास्कृतिक चाडबाडको अवसरमा निरन्तर अन्य कार्यक्रम पनि गर्ने कार्यक्रमका सभापति एब ग्रेस इन्टरनेसनल क्यानबेराका डाइरेक्टर दिपक पान्डेले बताउनु भयो।

कार्यक्रममा गीत संगीत, डिजे र बिभिन्न परिकारका खाना राखिएको थियो भने कार्यक्रमको ब्यवस्थापन क्विनबियन नेपाली फुटवल क्लबले गरेको थियो। कार्यक्रमलाइ प्यासिफिक हलाल बुचरी, इन्डिएन मार्ट, स्पाइस बार, जेनिथ ड्राइभिगं सेन्टर, द टेष्ट अफ हिमालयज, द मुस्तॉंगं नेपलिज रेष्टुरेन्ट एण्ड बार र अजि फाइनान्सले सहयोग गरेका थियो। कार्यक्रमको साउण्ड पार्टनर केटिएम साउण्ड रहेको थियो।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal