eNepal

इतिहासमै पहिलो पटक फुटी वोल्डकपमा टिम नेपालले सहभागीता जनाउँदै

अष्ट्रेलियामा बसोबास गर्ने नेपालीहरुको तीन दशक लामो इतिहासमा पहिलो पटक नेपाली  टिमले फूटी प्रतियोगितामा सहभागीता जनाउने भएको छ। नेपाली सामुदायिक टोलीको सहभागिता सुनिश्चित गर्न अस्ट्रेलियन फुटी इन्टरनेशनलले यो अवसरको लागि नेप्लिज एसोसिययन अफ भिक्टोरियालाई आमन्त्रित गरेको हो।

प्रतियोगितामा नेपालसंगै फिलिपिन्स, मेक्सिको, मलावी, स्विजरल्याण्ड, ब्राजिल, न्यूजील्याण्ड, वेल्स गरी ८ टिमले सहभागिता जनाउदै छन। नेपाल टिमको लागि रोयल वेस्टर्न क्लबसँगको सहकार्यमा यस पटक न्याभले नेतृत्व गर्ने भएको छ भने एनआरएनए भिक्टोरियाले सहयोग गर्ने भएको छ।

आगामी ३ अप्रिलमा मेल्बर्नको फक्नर पार्क साउथ यारा रग्बी फिल्डमा बिहान ९ बजेदेखि सुरु हुने टच फुटी वर्ल्ड कपमा प्रत्येक टोलीले ३० मिनेटको तीनवटा खेल खेल्नेछन् भने शीर्ष दुई टोली फाइनलमा प्रवेश गर्नेछन्।

नाइन-ए-साइडमा हुने प्रतियोगितामा प्रती टोली अधिकतम १५ खेलाडी रहनेछन्।कार्निवल प्रकारको वातावरण बनाउन प्रत्येक खेल ३० मिनेटको हुनेछन् भने प्रत्येक खेलमा २ x १२ मिनेटको हाफ अनि थप २ मिनेट हाफ टाइम हुनेछ।

न्याभ उपाध्यक्ष प्रेम राज उप्रेती संयोजक रहुनुभएको यस वोल्डकपमा नेपाल टीमलाई सहभागीता गराउन पाउँदा आफुलाई गौरव महसुस भएको बताउनु भयो। यो हाम्रा लागि गौरवपूर्ण क्षण हो। नेपाली समुदायलाई प्रतीनिधीत्व गर्दै औपचारिक रुपमा निमन्त्रणा प्राप्त गरेर वर्ल्ड कपमा सहभागी हुन जान लागेको पहिलो पटक हो। त्यसैले हामी सबै उत्साहित छौं र तयारीमा जुटिरहेका छौं। यसले हामीलाई यहाँको बहुसांस्कृतिक समाजमा घुलमिल हुने तथा हाम्रो थप परिचय स्थापित गर्ने अवसर पनि मिल्ने छ। यो अवसरलाई हामीले भरपूर सदुपयोग गर्दै हाम्रो आउँदो पुस्ताका लागि पनि मार्गनिर्देशन हुने वातवरण निर्माण गर्न सकिने धारणा ब्यक्त गर्नु भयो।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal