eNepal

दोश्रो एनआरएनए भिक्टोरीया फुटसल प्रतियोगिता हुँदै

डाँफे कन्सल्टिङ एजुकेसन/माइग्रेसनको मुख्य प्रायोजनमा मेल्बर्नमा दोश्रो एनआरएनए भिक्टोरीया फुटसल प्रतियोगिता आयोजना हुने भएको छ।यहि आउँदो २७ मार्च २०२० मा इन्डोर सकर कोर्ट ४१६-४२४ बेरी रोड कोलोरारो भिक्टोरीयामा हुने प्रतियोगिताको लागि२४ टिमले सहभागीता जनाउँदै छन्।

सैनीक टीम, चन्द्रसूर्य फुटबल क्लव, युनाईटेड फुटवल क्लव ए र बी, क्रेगीवन ब्रिगेड सकर क्लव ए र बी, गुल्मी टाइगर्स ए र बी, बेन्डीगो नेप्लिज फुटवल क्लव, हिमालयन फुटवल क्लव ए, बी र सी, हिमालयन टाइगर ए र बी, यती फुटबल क्लव ए, बी, सी र डी, रोयल वेस्टर्न क्लव ए र बी, रोयल फुटवल क्लव ए र बी र जीपी फुटवलले प्रतिस्पर्धा गर्दैछन्।खेलको तालीका र थप जानकारी आउँदो हप्ता गरिने प्रतियोगीताका संयोजक विजय दाहालले जानकारी गराउनु भयो।

पहिलो फुटसल प्रतियोगिता सफलता पूर्वक सम्पन्न भएपछि यसैलाई निरन्तरता दिदै एनआरएनए भिक्टोरीयाले दोश्रो सँस्करणको आयोजना गर्न लागेको हो। 

कोभिडको प्रकोपमा विश्वभर मानसिक समस्या विकराल बनिरहेको अवस्थामा यस्ता खेलकुदका कार्यक्रमले बिशेषत: बिधार्थी भाईबहिनीहरुको संलग्नताले केही हदसम्म निकास दिने अपेक्षा राखिएको एनआरएनए भिक्टोरीया कोअडीनेटर हरी खड्काले बताउनु भयो। पछिल्लो समय बिधार्थी भाईबहिनीहरुको मानसिक स्वास्थ्यमा देखीएको नकारत्मक असरलाई न्युनिकरण गर्न बिभीन्न जानकारी मुलक कार्यक्रमहरु एनआरएनएले गर्दै आएको छ।

पहिलो सँस्करणमा हिमालयन एफसी, यती एफसी निलो, हिमलयन एफसी रातो, क्रेगीवन एफसी, फ्रेन्ड्स फुचबल क्लव, हिमलयन टाईगर्स ग्रे, यती एफसी रातो, रोयल वेस्टर्न फुटवल क्लव बी, घरपरिवार फुटवल क्लव, बिर्यानी बोईज एफसी सेकेण्ड जेनेरेसन, यती एफसी हरियो, हिमालयन टाइगर्स एफसी सेतो, रोयल फुटबल क्लव ए र बी, रोयल वेस्टर्न एफसी ए र रोयल वेस्टर्न फर फन एफसी गरेर सोर्ह टीमले सहभागीता जनाएका थिए।

फाइनल प्रतीयोगितामा यती फुटबल क्लबले  रोयल वेर्स्टन फुटबल क्लब आरडब्लुएफसीलाई प्यानल्टी सुट आउटमा ७ – ८ ले पराजित गर्दै उपाधि हात पारेको थियो। 

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal