eNepal

अस्ट्रेलीया आएको दुई महिना पनि नबित्दै एक बिधार्थी मृत फेला, शव नेपाल पठाउन सहयोग जुटाउँदै

उच्च शिक्षा अध्ययनको शिलशिलामा अस्ट्रेलिया आएका एक नेपाली सिड्नीको अर्वनस्थित आफ्नै कोठामा मृत फेला परेको प्रहरीले जनाएको छ।

नेपाल घर बूढानीलकण्ठको गोलफुटारका  सुजन बस्नेत वेन्टवर्थ इन्सिच्यूटमा उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया आएका थिए।

उनी ६ हप्ता अगाडी मात्रै उच्च शिक्षा अध्ययनका लागि अस्ट्रेलिया आएका थिए । तर कलेज समेत जान नपाई उनी मृत फेला परेको एनआरएनए न्यु साउथ वेल्सका संयोजक देव गुरुङले जानकारी दिए ।

जनवरी १७ मा उच्च शिक्षा अध्ययनको लागि नेपालबाट अस्ट्रेलिया आएका सुजनको शव अनुसन्धानकालागि प्रहरीले लिडकमस्थित शवगृहमा राखेको छ । उनको शवलाई नेपाल पठाउनका लागि सहयोग सकंलन अभियान थालिएको गुरुङले बताए ।

सुजनको शवलाई नेपाल पठाउन  सहयोग संकलन सुरू गरीएको छ।तपाई पनि सहयोग गर्न इच्छुक हुनुहुन्छ भने यो लिङ्कमा क्लिक गर्नु होला।

https://www.gofundme.com/f/sujan-basnet?utm_source=customer&utm_medium=copy_link_all&utm_campaign=p_cp+share-sheet

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal