eNepal

अष्ट्रेलियाका चर्चीत स्पिनर शेन वार्नको निधन

अष्ट्रेलियाका पूर्व क्रिकेटर शेन वार्नको निधन भएको छ ।५२ वर्षीय विश्वका सर्वकालीन लेग स्पनीरमध्ये एक मानिने सेन वार्नको थाइल्यान्डमा निधन भएको हो। उनी विदा मनाउन गएका बेला आफू सबेको भिल्लामा अचेत अवस्थामा रहेको उनको व्यवस्थापन कम्पनीले जनाएको छ ।

हृदयघातका कारण उनको निधन भएको आशंका गरिएको छ। ‘‘हलचल गर्न नसक्ने अवस्थामा आफ्नो कटेजमा सेन भेटिएका थिए र मेडिकल स्टाफको अथक प्रयासका बाबजुद पनि उनलाई बचाउन सकिएन,’’ विज्ञप्तिमा भनिएको छ।

सेन वार्नले २३ वर्षको उमेरमा भारतविरूद्ध १९९२ मा सिड्नीमा भएको अन्तर्राष्ट्रिय टेस्टमार्फत राष्ट्रिय टिममा डेब्यू गरेका थिए। उनले २००७ मा इङल्यान्डविरूद्ध सिड्नीमै अन्तिम टेस्ट म्याच खेलेका थिए। यसैक्रममा उनले टेस्ट क्रिकेटमा ७ सय ०८ विकेट लिएका थिए।

अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएपनि उनले सन् २०१३ सम्म टी २० फ्रेन्चाइज लिग खेलिरहेका थिए।  उनले सन् १९९९ को एकदिवसीय विश्वकप जितेका थिए भने १ सय ९४ एक दिवसीय अन्तर्राष्ट्रिय खेलमा २ सय ९३ विकेट लिएका थिए।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal