eNepal

रुसद्वारा युक्रेनमाथि आक्रमण शुरु

रुसले युक्रेनमाथिको आक्रमण शुरू गरेको युक्रेनका गृह राज्यमन्त्री एन्टोन गेराश्चेन्कोले बताएका छन् । 

आफ्नो आधिकारिक फेसबूक पेजमा एक बयान पोस्ट गर्दै उनले लेखे, ‘अतिक्रमण शुरू भएको छ । किएभ, खार्किभ र डिनाइपरमा रहेका जंगी अड्डा, विमानस्थल र जंगी गोदाममा क्षेप्यास्त्र प्रहार गरिएका छन् । सीमामा गोली चल्न थालेका छन् । आजको दिनदेखि संसारको नयाँ भूराजनीतिक यथार्थ शुरू भएको छ ।’

त्यसअघि रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा रुसले विशेष सैन्य कारवाही चलाउने घोषणा गरेका थिए । 

रुसी जनतालाई सम्बोधन गर्दै उनले बताए, ‘युक्रेनी र रुसी सुरक्षाबलबीचको झडप अवश्यंभावी छ । नेटोको थप विस्तार र युक्रेनको भूभागमा उसको उपस्थिति अस्वीकार्य छ । रुसको सैन्य कारवाहीले रुसीहरूलाइृ सुरक्षा दिने लक्ष्य राखेको छ ।’

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले पुटिनलाई मानवताको नाममा आफ्ना सैनिकहरू रुसमै फर्काउन आह्वान गरेका छन् । 

 

एजेन्सी

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal