eNepal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

नेप्लिज एसोसियसन अफ भिक्टोरीया न्याभले आउँदो ३ अप्रीलमा आफ्नो २५ औं वार्षिक उत्सव भव्यताका मनाउन बिभीन्न कार्यक्रमहरुको आयोजना गर्ने भएको छ।वार्षीक उत्सवलाई विशेष महत्वको साथ मनाउन न्याभले एक्सिलेन्सी अवार्डको कार्यक्रम समेत राख्ने भएको छ।

अष्ट्रेलियामा रहेका नेपाली समुदायको हितमा कार्य गर्दै नेपाली सेवा र प्रवर्द्धन गर्न समुदायका सदस्यहरूलाई उत्प्रेरित गर्न यो पुरस्कारको व्यवस्था गरिएको न्याभका बर्तमान अध्यक्ष राम गुरुङले बताउनु भयो।यो समुदाएको लागि प्रेरणादायी कथाहरू साझा पार्ने अवसर हो।त्यसैले विगत तीन वर्ष (2019 – 2021) मा उत्कृष्ट उपलब्धिहरू हासिल गरेका समुदायका सदस्यहरूलाई मनोनयन गर्न समुदाएलाई आग्रह समेत गर्नु भएको छ।

न्याभ एक्सीलेन्सी अवार्ड पोलीसीमा तोकिएका अवार्ड बिधाहरुमा जो कोहीले पनि व्यक्ति, समूह वा संस्थालाई मनोनयन गर्न सक्ने प्रावधान राखिएको छ।

भाषा र संस्कृति, व्यावसायिक वा शैक्षिक उपलब्धि, नेतृत्व वा वकालत बिधाका साथसाथै नेपाली समुदायको लागि सराहनीय सेवा बिधाका अवार्ड बितरण गरिने आयोजक न्याभले जनाएको छ।

मनोनय फारम तलको लिङ्कबाट डाउनलोड गर्न सक्नु हुनेछ भने र मनोनयनको लागि २२ फेब्रुअरी देखि ६ मार्चको मध्यरातसम्म खुल्ला गरिएको छ।साथै माथि उल्लिखित समय सीमा भित्र तोकिएको फारममा प्राप्त भएका मनोनयनहरू मात्र स्वीकार गरिने आयोजकले जनाएको छ। 

मनोनयन फारम तलको लिङ्कबाट डाउनलोड गर्न सकिन्छ भने सम्पुर्ण प्रमाण सहित मनोनयन फारम [email protected] मा पठाउन पर्ने छ।

https://www.nav.org.au/wp-content/uploads/NAV_Excellennomination-form.docx

न्याभ एक्सिलेन्सी अवार्ड पोलीसीको लागि यहाँ क्लिक गर्नु होला।

https://www.nav.org.au/wp-content/uploads/NAV_Excellen-Award-policies.docx

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal